Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनागाल क्षेत्रको जंगललाई चिडियाघर बनाई आय बढाइने प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ११ सोमबार
newsabhiyan

काभ्रे, ११ मंसिर (रासस) : वाम गठबन्धनबाट काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार गोकुल बाँस्कोटाले चुनावमा नेपाली काँग्रेस देशको विकास गर्न नभई जनता झुक्याउन आएको आरोप लगाउनुभएको छ ।

बनेपा नगरपालिका–१० को चुनावीसभालाई सम्बोधन गर्दै एमाले नेता बाँस्कोटाले विभिन्न चुनावमा काँग्रेसले बहुमत ल्याए पनि देशको विकासभन्दा हानि गर्ने काम गरेको दोषारोपण गर्नुभयो ।

यसअघिको संविधानसभाको चुनावमा काँग्रेसले जिल्लामा जितेर पनि केही विकासनिर्माणको काम नगरेको आरोप लगाउँदै बाँस्कोटाले बनेपाको जनागाल क्षेत्रमा रहेको जंगललाई चिडियाघरका रुपमा स्थापना गरी स्थानीयवासीको आयआर्जन बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक क्षेत्र नं २ ‘ख’का उम्मेदवार वसुन्धारा हुमागाईंले ‘राष्ट्रियता र जनजीविकाका विषयलगायत ४० सूत्रीय माग राख्दा पनि तत्कालीन देउवा सरकारले त्यसलाई रद्दीको टोकरीमा फालेकाले माओवादी जनयुद्धमा गएको’ बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan