Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कसरी गर्ने मतदान ? मतपत्रमा छाप लगाउने सहि तरिका यस्तो छ (हेर्नुहोस् भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १२ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १२मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् ।

मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् ।

सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।

आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो ।

यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ ।

दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।

 

कसरी गर्ने मतदान ? तलको भिडियोमा हेर्नुहोस् / सुन्नुहोस् ! 

मतदान प्रकृया Matadan Prakriyaतिन वटा मतपत्र Pratinidhi nirbachan garna tinawata matapatra 01 07mमत बदर हुनबाट यसरी जोगाउँ Mata badar hunabata jogaau 01 05m


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan