Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १३ बुधबार
newsabhiyan

काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उहाँले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताउनुभयो ।

भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उहाँले बताउनुभयो । घरदैलोमा प्रदेशसभा (क) का उम्मेदवार नारायण सिलवाललगायत सहभागी हुनुहुन्थ्यो । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan