Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीलाई चौधरीको प्रश्नः माओवादीलाई चितवन दाईजो दिएर हामीले सुख पाएनौं, तपाईले घर दिएर सुख पाउनुहुन्छ त ?”

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १५ शुक्रबार
newsabhiyan
newsabhiyan

दाङ, १५ मंसिर । दाङ क्षेत्र नम्बर ३ का प्रदेश सभा क बाट लोकतान्त्रिक गठबन्धनका साझाउम्मेद्धवार रहेका डिल्ली चौधरीले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमतल्याउने र सरकार बनाउने ठोकुवा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमाबोल्दै उनले यस्तो दाबी गरेका छन्

। देशैभरि नेपालीकांग्रेसको पक्षमाव्यापकजनलहर देखिएकोले आफ्नो पार्टीले चुनावजित्नेमाकुनै शंकानभएको उनको जिकिर थियो । उनले भने,“हामीबहुमत ल्याउँछौं, २१ गतेको निर्वाचनपछि यहाँले हेर्नूहोलाऋषिजी, यो लेखेर राख्दापनि हुन्छ, हामीप्रत्यक्षतर्फ ७५ देखि ८० सिट जित्दैछौं।”

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले शंकर पोखरेललाई पाहुनाउम्मेद्धवारको संज्ञा दिए । उनले भने,“उहाँको पार्टीलाई सोध्नुहोस्, माओवादीलाई अपमानगर्नकोलागि यो गर्नुभएको हो। यो माओवादीको दाबेदार रहेको क्षेत्र हो, तर माओवादी नेतातथाकार्यकर्ताहरुलाई अपमानभएको छ।”
जनताले आफूलाई विजयी गराउँने उनको दाबीथियो । चौधरीले थपे,“नेपालीकांग्रेसलाई जिताउने लहर चलेको छ । म त पार्टीको सिपाहीहुँ, त्यसैले म अत्यधिकबहुमतल्याएर जित्दैछु।”

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनकुनै हालतमापनि धेरै टिक्ने उनको ठोकुवाथियो । उनले भने,“यो गठबन्धन दिगो हुने सक्दैन, हामीले त माओवादीसँगचुनावीतालमेल गरेर देखाईसकेका छौं । हामीले पनिअनुभवगरिसकेका छौं । ओली र प्रचण्डको कुकुर विरालोको झगडा हामीले हेरिसकेका छौं, उनीहरुले तल्लो स्मरतमा उत्रिएर गाली गरेको पनि हामीले देखेका छौं ।

झगडागर्ने पार्टीहरु अहिले केहीदिनकालागिमिलेका छन् ।”
माओवादी केन्द्रकाअध्यक्षपुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रतिव्यंग्य गर्दै चौधरीले भने,“नेपालीकांग्रेसले त चितवन दाईजो दियो, तर उहाँहरु(एमालेका साथीहरुले) त ४० प्रतिशतको कुराले घर नै दिँदैहुुनुहुन्छ । अहिले भन्नुहुन्छ, उहाँहरु अब धेरै लामो समयसम्म सँगै रहनहन्न ।

आजैको मितिमा मेले ठोकुवा गरें । दाईजो दिएर हामीले सुख पाएनौं, उहाँले घर दिएर सुख पाउनुहुन्छ त ?”
उनले उक्त क्षेत्रदाङमा सबैभन्दा बढि विकास भएको क्षेत्र भएको दाबी गरे । उनले भने,“सबैभन्दा बढि विकास भएको क्षेत्र यहीहो, बाटाहरु बनेका छन्, विकासकागफ कम्युनिष्टहरुले गर्दै नगरे हुन्छ,

दाङमा अहिलेविकासका कामहरु सुरु भएको छ, पानी पु।्याउने,कम्तिमा सय वटा बाटाहरु पीचगर्ने काम मैले गरेको छु, जनताका घरदैलोमाशुद्ध खानेपानीपुरयाउने अभियान सुरु भएको छ । डिल्लीचौधरीले हो निबनाउने, कहाँको शंकर पोखरेल,उहाँको कुरा नगर्नुहोस्।”

उनले पाँचनम्बर प्रदेशको मुख्यमन्त्रीआफू पनिबन्न सक्ने संभावना तेर्साए । उनले थपे,“मकिनमुख्यमन्त्रीहुन सक्दिन्। कांग्रेसले पत्यायो भने म मुख्यमन्त्रीहो । एकदमै म योग्यहुँ ।”

चौधरीले विकासकालहरु आएकोले निर्वाचनपछि दाङमाविकासको मुहार फेरिने समेत जिकिर गरे । उनले भने,“परिवर्तनकाकामहरुसुरु भैसक्यो ।

नेपालअधिराज्यमानभएकापुलहरु यो जिल्लामाबन्दैछन् । ४७ वटा पुलहरु बन्दैछन् । त्यसैले यीकामहरु हामीले गरेका छौं, डिल्ली चोधरी र दिपकगिरीको खाँचो छ, हामीले सुरु गरिसकेका छौं । विकास गर्ने पार्टी नेपालीकांग्रेस हो। कामगर्न सक्ने हामी नै हौं ।”

चुनावपछि नेपालीकांग्रेसको बहुमतआउने उनको दाबीथियो । उनले भने,“ऋषिजीतपाई कसरी बहुमतआउँदैन भनेर भन्दैहुनुहुन्छ, होवामपन्थीहरु मिलेका छन्, तर जनतामिलेका छैनन । काम नै नगरी गफलगाउनेहरुलाई जनताले भोट दिँदैनन् ।”

विगतमाआफ्नै पार्टीभित्रअन्तरकलह र विवादभएकोले कांग्रेसले सोचेकोजतिमतल्याउननसकेपनि यो पटक पार्टीभित्रएकताभएको र कुनै पनिकिसिमको कलहनभएकोले बहुमतल्याउने उनको दाबीथियो । उनले थपे,“अबहामी जित्छौं । देशभरि नै हामीजित्दैछौं ।

” बहुमत र दुईतिहाईको सपना देख्ने छुट कम्युनिष्टहरुलाई भएकोले मंसिर २१ गतेपछि ती सपनाहरु हराएर जाने भन्दै चौधरीले व्यंग्य गरे ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan