Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोकतन्त्र बलियो बनाउन काँग्रेसः डा देउवा, ७ नं प्रदेशलाई विद्युत्भार कटौतीमुक्त बनाइने : राना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १५ शुक्रबार
newsabhiyan

कैलाली, १५ मंसिर (रासस) : कैलाली क्षेत्र नं ५ मा प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेपाली का“ग्रेसकी नेत्री डा आरजु देउवाले लोकतन्त्रलाई बलियो बनाउने अभियानसहित नेपाली काँग्रेस निर्वाचनमा आएको बताउनुभएको छ ।

धनगढी जेसिसले आज आयोजना गरेको ककस कार्यक्रममा डा देउवाले नेपालको संविधान कार्यान्वयन गराउनु का“ग्रेसको पहिलो प्राथमिकता रहेको स्पष्ट गर्नुभयो । उहाँले कम्युनिष्टले जीतेमा लोकतन्त्र नरहने विचार पनि व्यक्त गर्नुभयो ।


कार्यक्रममा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नारदमुनि रानाले सुदूरपश्चिम सधैँ विकासमा पछाडि पारिएकाले यसलाई समृद्ध पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले ७ नं प्रदेशलाई विद्युत्भार कटौतीमुक्त बनाइने तथा सुकुम्बासी र भूमिहीनलाई गाँस, बास, कपासको व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनगढी विमानस्थलको स्तरोन्नति, गेटा मेडिकल कलेज लगायतका विकासका ठूला सम्भावनालाई पहिलो प्राथमिकतामा राखेको नेता राणाले बताउनुभयो ।

विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार दिनेशराज भण्डारीले प्रदेश नं ७ कोे प्रमुख समस्या बेरोजगारी भएकाले यहाँका युवा शक्तिको प्रयोग गर्न सक्नुपर्ने र बाँझो रहेका जमिनको उपयोग गर्नुपर्ने बताउनुभयो । विसं २०४६ अघि नेपालमा तीन दर्जनभन्दा बढी उद्योग रहे पनि ती उद्योग बन्द हँुदा बेरोजगारी बढेको र राजनीतिक भागबण्डाका आधारमा सरकारी उद्योगमा कर्मचारी नियुक्ति गर्दा समस्या भएको विचार उहाँले व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan