Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अजय देवगनका अनस्क्रिन छोरा र छोरीको बिहे, यहाँ मनाउँदैछन् हनीमुन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १५ शुक्रबार
newsabhiyan
newsabhiyan

मुम्बइ। बलिउड सुपरस्टार अजय देवगनका अनस्क्रिन छोरा र छोरीले हालै बिहे गरेका छन् ।

उनीहरु आज हनीमुनका लागि सिंगापुर प्रस्थान गरेका छन् । अजयका अनस्क्रिन छोरा वत्सल सेठ र अनस्क्रिन छोरी इशिता दत्ताले बिहे गरेका हुन् ।

वत्सलले फिल्म ‘टार्जनः द वण्डर कार’मा अजयको छोराको रोल गरेका थिए । इशिताले फिल्म ‘दृश्यम’ मा अजयको छोरीको रोल गरेकी थिइन् ।

२०१६ मा टिभी शो रिश्तौं का सौदागर बाजीगरको सुटिङका बेला वत्सल र इशिता नजिकिएका थिए ।

यही शोबाट यी दुईको प्रेम सम्बन्ध सुरु भएको भए पनि यी दुईले आफ्नो सम्बन्धबारे बाहिर कसैलाई थाहा हुन दिएका थिएनन् ।

यी दुईले २८ नोभेम्बरका दिन चुपचाप बिहे गरेका थिए । 
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan