Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सकारात्मक, रचनात्मक र वैज्ञानिक रुपमा योजना बनाई अग्रगामी परिवर्तनको लागि अगाडी बढ्र्नेछु : कृष्णभक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १६ शनिबार
newsabhiyan
newsabhiyan

शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिनु भएका, ३८ वर्ष सम्म हेडमास्टर भएर काम गर्नु भएका, शिक्षा विद, बौद्धिक व्यतित्व, समाजसेवी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य क. कृष्णभक्त मानन्धर संग गरिएको कुराकानिको सार संक्षेप ।
प्रश्नः  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले यस प्रदेश सभा र प्रतिनिधि सभाको  निर्वाचनमा भाग लिनुका कारण के के हुन् ?

उत्तर : देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चुनावमा भाग लिनका कारणहरु संक्षेपमा यस प्रकार छ ।
 २०६३ देखि २०७४ करिब १ दशक बित्दा पनि र जनताको आवश्यकता अनुरुप परिवर्तन नभएको कारण ।
 सबै असमान सन्धी सम्झौताहरु खारेज गर्न ।
 विदेशी हस्तक्षेपबाट देशलाई मुक्त गर्दे राष्ट्रिय स्वधिनताको रक्षा गर्न ।
 वामगठवन्धन र लोकतानित्रक गठबन्धनको स्वार्थको टक्करमा देशलाई होमिन नदिन ।
 प्रतिक्रियावादि गठबन्धनको तानाशाहीबाट नेपाललाई मुक्त गर्न ।
 रोजगारी मूलुक शिक्षा प्रदान गरि युवा जनशक्तिलाई देशमै रोजगारी दिलाउन ।
 घुसखोरी, कमिशन, चोरी, भ्रष्टचारी, नियन्त्रण गर्दे महङ्गी र कालो बजारिको अन्त्य गर्दे जनतालाई सुविधा सम्पन्न बनाउन ।
 ज्येष्ठ नागरिकहरुको उचित आर्थिक र स्वास्थ्य व्यवस्थापन गर्न ।
 बलबालिकाहरुको उचित लालन पालनको व्यवस्था गर्न ।
 १८ वर्ष पुगेका युवा युवतीको रोजगारको व्यवस्था गरि वेरोजगार समाधान गर्न ।
 गरिब र निमुखा जनताको व्यवस्थापन गरि क्षमतामूलक समाजको निर्माण गर्दे सक्कल सुकुम्बासीको यथोचित व्यवस्था गर्न ।
 वर्गिय विभेद देखि लिएर सबै विभेदलाई अन्त्य गर्न ।
 शारीरिक अङ्ग कमजोरि भई अशक्त जनताको यथोचित व्यवस्था गर्न ।
 राजनीतिलाई जनताको हितको लागि प्रयोग गरि जनहितमा व्यवस्थापन गर्न ।


प्रश्न नं. २ निर्वाचनको प्रमुख क्षेत्र मध्ये क्षेत्र नं. १ को निर्वाचन क्षेत्रलाई प्रमुख क्षेत्रको रुपमा लिने गरिन्छ र त्यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व सभासद तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, वामगठबन्धनका अनिल शर्मा र विवेकशिल पार्टीका रविन्द्र मिश्र जस्ता प्रतिनिधि सभाको उम्मेदवारको रुपमा हुनुहुन्छ र उहाँहरुको व्यापक प्रचार प्रसार भएको पनि सुनिन्छ । देशभक्त जनगणतान्त्रिक मोर्चा  नेपालका प्रतिनिधि सभाको उम्मेदवार तपाईको प्रचार प्र्रसार कुन रुपले अगाडि बढेको छ ?


उत्तर – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रतिनिधि सभाका उम्मेदवार क.कृष्णभक्त मानन्धर चुनाव प्रसार प्रसार तथा निर्वाचन आयोगका आचार संहिताबारे आयोगले प्रतिनिधि सभाको उम्मेदवारले २५ लाख र प्रदेश सभाको उम्मेदवारले १५ लाख खर्च गर्न पाउने प्रावधान दिनु भएकोमा आफ्नो असहमति जनाउँदै कुनै पनि व्यक्तिको आर्थिक क्षमता भन्दा बाहिरको कुरा हो भन्ने ठहर गर्दै कसैले त्यो रकम खर्च गर्छ भने त्यो रकम त्यो रकम कुनै कालाबजमरि, तस्कर, उद्योग, व्यवसाय चलाउने शक्ति सित लिई खर्च गरिन्छ । निर्वाचन प्रचार प्रसार तथा अन्य माध्यमबाट निर्वाचनका निम्ति त्यस प्रचारको रुपमा लिएको रकमलाई तिर्न घुस, कमिशन, तस्करी, भ्रष्टचारीलाई बढावा दिई २५ लाख १५ लाख को बदला करौडौ रुपैया तिरिन्छ । त्यसैले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल त्यसरी भड्किलो र खर्चिलो प्रचार प्रसारमा नगई यसपालीको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहि व्यक्ति, सहि ठाउँमा भन्ने सिद्धान्तदलाई अंगाली हाम्रोपक्षलाई जिताई देश र जनताको भौतिक, आर्थिक सामाजिक, सांस्कृतिकको सकारात्मक, रचनात्मक तथा वैज्ञानिक ढंगले अग्रपंङ्तीमा लान सक्ने व्यक्तिलाई जिताऔं भन्ने अपलि राख्दैसामान्य प्रचार प्रसारमा अगाडि बढेको छ । जनता सर्व शक्तिमान छ । जनताले जे रोप्नु हुन्छ त्यस्तै कुरा फल्छ । त्यो सदा सर्वदा सत्य हुन्छ । त्यसैले जनता न्यायधिश हो । फैसला जनता केै हातमा छ ।
अन्तमा ‘‘ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’’ हामी सधै जनता एक डिक्का हौ भन्ने सोच लिई मुठ्ठी चिन्हलाई सिघ्रति सिघ्र देश र जनताको सबै पक्षको सकारात्मक, रचामत्मक परिर्वतन गरि बैज्ञानिक ढंगले अग्रशक्तिको बाटोमा आगौं भन्ने अपलि गदै प्रचार प्रसारमा लागि रहेका छौं ।


प्रश्न नं. ३ ‘‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल’’ले प्रदेश नं. ३ र क्षेत्र नं १ मा निर्वाचन जित्नु भएमा के गर्नु हुन्छ ?


उत्तर – सर्व प्रथम आफ्नो क्षेत्रमा जनतालाई आफ्नो सहि विवेक प्रयोग गर्नु भएकोमा ज्यादै आभारी तथा धन्यवाद ज्ञापन गर्दछु । दोस्रो क्षेत्र नं. १ वडा नं. १०, ११, २९ र ३१ का जनताको भावना अनुरुप उहाँहरुको सर सल्लाह बमोजिम ढल, पानी, विजुली, टेलिकम र सडकलाई जनता कै सहयोगमा वातावरण प्रदुषित नहुने गरि हिउँदमा काम थालनी गरि समयमा नै सो काम पूरा गर्ने र जनताको जन जीविका नै भासिने, मासिने गाँसबाँस कपास, शिक्षा, स्वास्थ्य, रोजगार र व्यवसायहरुको त्यस क्षेत्रका जनताहरुको राय, सल्लाह र सुझाव अनुसार उहाँहरुकैै सहयोगलाई यथोचित व्यवस्था गर्नेछु । साथै देशको अन्य भौतिक, आर्र्थिाक, सामाजिक र सांस्कृतिकको सकारात्मक, रचनात्मक र वैज्ञानिक रुपमा योजना बनाई अग्रगामी परिवर्तनको लागि अगाडी बढ्र्नेछु ।
अन्तमा यो स्पेश दिनुभएकोमा न्यूज अभियान डटकमलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan