Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीलाई शसांकको प्रस्न: पाँचौ पटक प्रधानमन्त्री बन्ने कि अरुलाई पालो दिने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १६ शनिबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ । एमाले–माओवादीले बहुमत ल्याएर सरकार बनाउने तयारी गर्दैछन्, तपाईहरुले के गर्नुहुन्छ ? ऋषि धमलाले प्रश्न थपेपछि कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे ।


“म देशभरका साथीभाइसँग सम्पर्कमा छु । कांग्रेसको पक्षमा जनलहर आइरहेको सुचना आएको छ ।” कोइरालाले भने ।
नवलपरासीमा आफ्नो जित सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए । यद्यपी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार नभएको उनले प्रष्ट पारे ।

राजनीति गरेकै सत्ताको नेतृत्वका लागि भएको अर्थ लगाउँदै कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने बताए । पार्टीको प्रक्रियाअनुसार को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाइने उनले बताएका छन् ।

चुनावपछि शशांक कोइराला संसदीय दलको नेता बन्ने हो ? सिधा प्रश्नको सिधा जवाफ दिनुस् है, धमलाको प्रश्न थियो । कोइरालले भने सिधा प्रश्न भए पनि सिधा जवाफ हुन नसक्ने बताए ।

“शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु ।” उनले आफू तेस्रो बरियातामा रहेको स्पष्ट पारे ।

शेरबहादुर पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, अझै प्रधानमन्त्री बनाउनुहुन्छ  भन्ने प्रश्न गरेपछि कोइरालाले यस विषयमा देउवा आफैले सोच्नुपर्ने बताए । गिरिजाप्रसादले कृष्णप्रसादलाई नेतृत्व दिएजस्तै देउवाले पनि बाटो खुला गर्नुपर्ने आशय कोइरालाले व्यक्त गरे ।
पार्टीभित्रको गुटलाई अन्त्य गरेर सहमतिका आधारमा अघि बढ्ने उनको भनाई थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan