Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्याग्दीमा कामदार अभाव

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार
newsabhiyan

बाबियाचौर, म्याग्दी, १८ मंसिर (रासस) ः कामदार अभावका कारण जिल्लामा सञ्चालित विकासे आयोजना प्रभावित भएका छन् ।

जिल्लामा ठूला विकासका आयोजना भित्रिए पनि प्राविधिक र दक्ष कामदारको अभाव खड्किएको हो । जलविद्युत्, सव स्टेशन, सडक, नदी नियन्त्रण, भवन निर्माण, खानेपानीलगायतका आयोजनामा स्थानीय मजदुरको अभाव छ ।

रु २०÷३० हजारका लागि लाखौँ खर्च गरेर खाडीमुलुकमा जोखिमपूर्ण काम गर्न जाने युवायुवती आफ्नै गाउँ ठाउँमा भित्रिएका आयोजनामा काम गर्न मान्दैनन् । सामान्य मजदुरदेखि सिकर्मी, डकर्मी, सवारी चालक, सब इञ्जिनियर, इञ्जिनियरलगायत प्राविधिक जनशक्तिको अभाव रहेको निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

“जिल्लामा दक्ष जनशक्ति नपाउँदा ठेक्का लिएका काम समयमा सम्पन्न गर्न समस्या भएको छ” जिसीले भन्नुभयो “बाहिरका कामदार भनेको बेला पाइँदैन, उनीहरुलाई काममा लगाउन अनुकुल र फुर्सद हुने समय कुर्नुपर्छ ।” काम गर्नका लागि दाङ, बर्दिया, कैलाली, रामेछाप, धादिङ, चितवनलगायतका ठाउँबाट मजदुर ल्याउने गरिएको छ ।

दक्ष कामदारले दैनिक एक हजार र अदक्षले रु ७०० का दरले ज्याला पाउँछन् । विदेशमा गएर जस्तोसुकै काम गर्न पनि तयार हुनेले नेपालमा काम गर्न नमान्ने प्रवृत्तिका कारण मजदुर अभावको समस्या देखिएको निर्माण व्यवसायी प्रदीप सापकोटाले बताउनुभयो ।

निर्माण व्यवसायी संघका अनुसार जिल्लामा यस वर्ष सञ्चालित आयोजनाका लागि करिब २० हजार मजदुर आवश्यक छ । विभिन्न जलविद्युत् आयोजना, बेनी–जोमसोम सडक, दाना र बिम सव स्टेशन, बेनी–दरवाङ सडक, बेनी बजार संरक्षण आयोजना, विभिन्न स्वास्थ्य संस्थाको भवन निर्माणलगायतका ठूला आयोजना कार्यान्वयनको चरणमा छन् ।

ती आयोजनामा भारतीय र तराईका मजदुर ल्याएर काम गराउने गरिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले जिल्लाका विकास आयोजनामा ढिलासुस्ती हुनुका मुख्य कारण दक्ष कामदार, प्राविधिक जनशक्ति र उपकरणको अभाव भएको बताउनुभयो ।

“निर्माण व्यवायीसँग पर्याप्त उपकरण, प्राविधिक जनशक्ति र स्थानीय स्तरमा दक्ष कामदार नहुँदा विकासको काम प्रभावित भएको छ” इञ्जिनियर खत्रीले भन्नुभयो । मजदुर अभावको समस्या समाधानका लागि युवायुवतीलाई आवश्यक तालीम र परामर्शको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan