Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिस नर्स चितवनको उपाधी भरतपुरकी सिम्रनलाई , फस्टरनर अपमा सरिस्मा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन , १८ मंसिर। सहज मिडिया प्रालिले आयोजना गरेको मिस नर्स चितवन २०१७ को उपाधी भरतपुर स्थायी घर भएकी सिम्रन तिवारीले हात पारेकी छिन् । गैडाकोटको नारायणी रिर्साटमा सम्पन्न प्रतियोगीतामा तिवारीले १२ जना आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै जित हासिल पारेकी हुन्

उनलाई मिस नर्स चितवन २०१४ की विजेता ममता पाण्डेले ताज पहिराई दिएकी थिइन् । उनले मिस ट्यालेन्ट र मिस मल्टीमीडिया अवार्ड हात पार्दै अवार्डसगै नगद २५ हजार रुपैयाँ समेत हात पारेकी छिन् ।

आइतबार राती झण्डै ११ वजे घोषणा भएको उक्त नतिजामा फस्ट रनरअपमा सरिस्मा विश्वकर्मा र सेकेन्ड रनरअपमा सन्ध्या सुवेदी घोषित भए । उनीहरुले क्रमश २० र १५ हजार नगद हात पारेको आयोजकले जनाएको  छ ।

त्यस्तै, कुसुम विश्वकर्मा मिस पर्सनालिटी, सचिता सापकोटा मिस क्याटवाक, लल्मी गैरे मिस बव्ली, अनुसा शर्मा मिस फोटोजेनीक, र आयशा भट्टराई मिस स्माईल मा घोषित भए । प्रतियोगीताको अन्तिम चरणमा सहभागीहरुलाई लिखित र मौखक दुवै प्रश्न सोधिएको थियो ।

सवै सहभागीलाई निर्णायकहरुले अलग अलग प्रश्न राखेका थिए। सहभागी प्रतिष्पर्धीहरुमध्ये आत्मविश्वास का साथ उत्कृष्ट जवाफ पेश गरेकी सिम्रन नै मिसपिस चितवन २०१७ को उपाधि चुम्न सफल रहेकी थिइन् ।

प्रतियोगीताको निर्णयकहरुमा मिसनर्स चितवन २०१४ की विजेता ममता पाण्डे, नायिका ओसीमा बानु, भरतपुर अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रप्रसाद मरासीनी, समाजसेवी राकेश मान श्रेष्ठ र युवा ब्यवसायी शुसान्त सिहं ठकुरी रहेका थिए ।

कार्यक्रममा कोरियोगाफ्री सुजन गुरूड़ र अपणा तामाङको समेत महत्वपूर्ण भूमिका थियो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan