Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'सुरु भो हिन्दुधर्ममाथि अमेरिकी हमला'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं,१८ मंसिर । अमेरिकी सरकारी अन्तर्राष्ट्रिष्य धार्मिक संस्था हो युएससीआइआरएफ ।

यो संस्थाको वार्षिक रिपोर्ट प्रकाशित भएको छ र रिपोर्टमा नेपालमा गाई काट्न देउ भन्ने उल्लेख छ ।

नेपाल निर्वाचनको मुखमा छ र निर्वाचन र धार्मिक सद्भावसमेत भड्काउने खालको यो रिपोर्टले नेपालदेखि भारतसम्म र भारतदेखि तमाम विश्वभरि फैलिएका हिन्दुहरुको आस्थामा चोट पुगेको छ ।

हंगामा फैलाएको छ । यो रिपोर्टले नेपालको संविधान २०७२ मा धर्मनिरपेक्षता लेखिए पनि धार्मिक स्वतन्त्रता नभएको उल्लेख गरेर क्रिश्चियनहरुलाई उचाल्ने र हिन्दुहरुलाई पछार्ने अभिष्ठ बोकेको छ ।

यो रिपोर्टमा धर्मपरिवर्तन गर्न पाउनुपर्ने, गाई काट्न र गाईको मासु उपयोग गर्न छुट हुनुपर्ने भन्दै अमेरिकाले नेपाल सरकारलाई पर्याप्त दबाब दिन निर्देशसमेत गरिएको छ ।

अन्तर्राष्टिय स्तरमा धार्मिक स्वतन्त्रता जे छ, त्यस्तो स्वतन्त्रता नेपालले अँगाल्नुपर्ने र धार्मिक स्वतन्त्ततामा बाधा पार्ने सबै कानुनी र संवैधानिक प्रावधान संशोधन गर्न समेत रिपोर्टले माग गरेको छ ।

अमेरिकी रिपोर्टले तिब्बतीहरुलाई धरपकड नगर्न र नेपाल भएर भारत वा अन्यत्र जान छुट दिनुपर्ने सिफारिससमेत गरेको छ ।

यो रिपोर्टले पद्मरत्न तथा उनका समुहलाई खुश पारेको छ । पद्मरत्न तुलाधर पहिला व्यक्ति हुन् जसले गाई काटेर खान पाउने वकालत गरेका थिए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan