Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोके दाह्रीको व्यंग्यात्मक गीत (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १९ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं । श्रीकृष्ण लुईटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यंग्य कस्ने गर्छन् ।

‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रियता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत दर्शकको मनमा बस्न सफल छन् ।

गीतमा हाँसो सँगै चेतना पनि मिसाउन माहिर लुईटेलको ‘सुनको सिक्रि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतले आफ्नो जीवनसाथीलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ ।

वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य कस्दै चेतना जगाउने काम गरेको छ । सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को कथा वस्तुसँग गीतको सार धेरथोर मिलेको पाइन्छ ।

श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन् । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासँगै उनी आफु पनि देखिएका छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan