Thursday 22nd of February | २०७४ फाल्गुण १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा सुधारको क्रममा, मध्यान्हसम्म पाँच दसमलव ८९ अंकले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । दोस्रो चरणको प्रतिनिध सभा र तथा प्रदेश शभाको चुुनावको अघिल्लो दिन आज बुुधबार भने नेप्सेमा सुधार आएको छ ।

मध्यान्ह १२ बजेसम्म नेप्से पाँच दसमलव ८९ अंकले बढेर १५ सय ३० अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव ४३ अंकले बढेर तीन सय २२ दसमलव ६९ अंकमा पुुगेको छ ।

यसबिचमा कुुल ९१ वटा कम्पनीहरुको पाँच सय ८३ वटा कारोवारमा एक लाख ५१ हजार चार सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच करोड ६६ लाख ८७ हजार चार सय २४ रुपैयाँ पुुगेको छ । मध्यान्हसम्म आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।

यसबिचमा तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७३ पैसाले बढेर तीन सय ३२ रुपैयाँमा कारोवार भएको छ भने ङादी ग्रुुप पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य दुुई रुपैयाँ ७४ पैसाले घटेर दुुई सय ४८ रुपैयाँमा कारोवार भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ भने ११ सय ९६ रुपैयाँ अन्तिम मुल्यमा एक करोड १९ लाख ४९ हजार दुुई सय ३६ रुपैयाँको सेयर कारोवार भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan