Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चुनावका बेला जताततै भ्रष्टाचार : आईजीपी अर्यालको पद धरापमा !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालय आफ्नो कब्जामा राखेर गृह प्रशासनलाई तहसनहस बनाएको आरोप छ । गृहमन्त्रीको नाताले उनी सुरक्षा समितिका बैठकहरुमा समेत सहभागी भएनन् ।

सुरक्षा अंगका प्रमुखहरुले गृहमन्त्रीसमक्ष जसरी दोहोरो सम्बाद गर्थे आवश्यकता कहाँ के छ त्यो छलफल हुन्थ्यो । यसपटक प्रधानमन्त्री देउवाले त्यो अवस्था बन्न दिएनन् । वामपन्थीहरुप्रति कांग्रेस अत्यन्त पूर्वाग्रही भएको कुरा सुरक्षा स्थितिमा देखिएको चासो हो ।

कांग्रेसले जनार्दन शर्मा, वर्षमान पुनमाथि बम प्रहार हुँदासम्म कुनै चासो राखेन । जब आफ्ना नेताहरुमाथि छिटफुट प्रहार हुन थाल्यो त्यसपछि मात्र चासो दिएको हो । कांग्रेसका राज्यमन्त्रीले रोल्पामा बम प्रहार गर्नेलाई छुटाउन दिएको दबाबले पनि त्यो कांग्रेस कस्तो हो भन्ने जनाउँछ ।

राज्यमन्त्री पुनप्रति प्रधानमन्त्रीले एक शब्द बोलेनन् । गृहमन्त्रालय मातहतको प्रहरी पनि प्रधानमन्त्री देउवाका कारण नतमस्तक छ । प्रहरी आईजीपीको पद धरापमा छ । दरबन्दी थपेर डिआईजीहरुको बढुवा गर्दा थैली शंकलन गरियो ।

वर्तमान आईजीपी प्रकाश अर्याललाई सो पद दिलाउँदा भएको कबोलअनुसार उनले यतिखेर आफ्ना समकक्षी जयबहादुर चन्दका लागि बाटो खुला गरिदिइ सक्नुपथ्र्यो तर उनले प्रधानमन्त्रीको आग्रहलाई समेत टेरपुच्छर लगाएनन् । त्यहीकारण उनी बेला मौकामा प्रधानमन्त्रीको धम्कीले तनावमा पर्ने गरेका छन् ।

गृह, अर्थ, भौतिक पूर्वाधार जस्ता मन्त्रालयहरुको सरुवा बढुवा सोझै बालुवाटारको हस्तक्षेपले चर्काइयो । प्रधानमन्त्री जस्तो मर्यादित पदको ख्याल गर्न शेरबहादुर देउवाले सकेनन् । गृह प्रशासनको बिग्रदो स्थितिसँग नेपाली कांग्रेसकै अपराधी चरित्रका नेताहरु जोडिएका छन् ।

आफ्ना विपक्षीलाई तर्साउन आफैंले बम पड्काउनेदेखि जनतालाई धम्क्याउनेसम्मका काम कांग्रेसको नेतृत्व तहले गरिरहेको छ । चुनावले सबैतिर प्रभाव पार्ने नै थियो । आचारसंहिता दलहरुले भन्दा मन्त्री र प्रधानमन्त्रीले गरेका छन् । सरकारका गतिविधिप्रति निर्वाचन आयोगसमेत सचेत देखिँदैन,  ताजा खबरमा उल्लेख छ ।

यो भद्रगोलको जग भनेकै प्रधानमन्त्री देउवा हुन् । धन्न बालकृष्ण खाँण राजधानीमा बसेर निर्वाचन परिचालन सम्बन्धी गतिविधिको प्रचारात्मक अभियान नै चलाइदिएकाले प्रधानमन्त्री देउवालाई सहज भएको छ ।

मंसिर २१ को निर्वाचनमा राजधानीकै ११७ भन्दा बढी मतदान केन्द्रहरुलाई स्थानीय प्रशासनले संवेदनशीलको सूचीमा राखेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan