Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुराँस लाइफ र कुमारी बैंक बीच बैंकासुरेन्स सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेडबिच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुले मंसिर २० गते बुुधबार एक कार्यक्रम बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता गरेका हुुन  ।


सम्झौतामा गुराँस लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहक वर्गलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सो सम्झौता गरिएको हो । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउदै आएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan