Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा चुनावी रंग, नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । साताको चौथौ कारोवार दिन अर्थात दोस्रो चरणको निर्वाचनको अघिल्लो दिन नेप्से सुचक तथा कारोवार रकम दुुबै नै बढेको छ ।

आज बुुधबार नेप्से ११ दसमलव ६७ अंकले बढेर १५ सय ३६ दसमलव ५४ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ४१ अंकले बढेर तीन सय २३ दसमलव ६७ अंकमा पुुगेको छ ।

एक सय ६६ कम्पनीहरुको पाँच हजार आठ सय चार वटा कारोवारमा १२ लाख ५३ हजार आठ सय पाँच कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६७ करोड ९३ लाख ५४ हजार चार सय ९३ रुपैयाँ पुुगेको छ ।

आज नौ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव तीन अंकले बढेर १३ सय नौ अंकमा चढेकोमा १६ करोड चार लाख १२ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक ३२ दसमलव एक अंंकले बढेर दुुई हजार ९६ दसमलव तीन अंकमा कायम रहेकोमा पाँच करोड ६० लाख ९२ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स समुहको सुचक सात दसमलव ७२ अंकले बढेर सात सय ६५ दसमलव १४ अंकमा कायम रहेकोमा ८७ लाख ५७ हजार सात सय १० रुपैयाँको कारोवार भएको छ ।

बीमा समुहको सुचक ६८ दसमलव ६३ अंकले बढेर आठ हजार एक सय २८ दसमलव ६५ अंकमा कायम रहेकोमा २० करोड ८९ लाख १७ हजार रुपैयाँको कारोवार भएको छ । यि बाहेक आज होटल, बिकास बैंक, अन्य लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा चिलिमे हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुुमाउने कमपनीको सुचीमा हिमालयन पावर पार्टनर परेको छ  । यसैगरी रकम कारोवारका आधारमा भने आज शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य बढेको मुल्य
१  चिलिमे हाईड्रो पावर कम्पनी     २०० ७.५३
सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी    १९४ ६.५९
३  रिलायन्स फाईनान्स    १६०   ५.९६
दिव्यश्वरी हाईड्रो पावर कम्पनी      १६० ५.२६
५  गण्डकी बिकास बैैंक    २८०   ५.२६

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 

क्रस  कम्पनीको नाम  कारोवार भएको मुल्य घटेको मुल्य
हिमालयन पावर पार्टनर      ४१५ २.३५
२  श्री इन्भेष्टमेन्ट फाईनान्स    ४४१   २.०४
३  मल्टीपर्पोस फाईनान्स       २९४
शिखर इन्स्योरेन्स (संस्थापक)      ११९६ १.९६
५  सेञ्चुरी बैंक (संस्थापक)      २०५ १.९१

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
१  शिखर इन्स्योरेन्स कम्पनी    ६४००८४४३ १७७८
२  नेपाल टेलिकम    ३५९१११९५   ८९५
३  नेपाल लाईफ इन्स्योरेन्स    २८९६५०१६ १८९८
४  बुुटवल पावर कम्पनी    २१०२३२४२ ७३९
५  नेशनल लाईफ इन्स्योरेन्स (संस्थापक)  २०३२९३२२  १६८९

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan