Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिद्धार्थ बैंकद्धारा एकै दिन तीन वटा शाखा बिस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । सिद्धार्थ बैंकले एकै दिन तीन वटा शाखा बिस्तार गरेको छ । बैंकले मंसिर २० गते बुधबार नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै ती शाखाहरुबाट ती स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंकले बिश्वास लिएको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, तीन एक्स्टेन्सन् काउन्टर, एक सय तीन वटा एटिएम  ९९ शाखारहित बैंकिङ्ग सेवा र छ सय भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को कार्तिक मसान्तसम्म बैंकले ७८ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले ८६ करोड संचालन मुनाफा आर्जन गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan