Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्यमा निमित्तका लागि होडबाजी : चिकित्सकलाई पनि निमित्त दिन सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । स्वास्थ्यसचिव डा.किरण रेग्मी उमेर हदका कारण हिजोबाट अवकाश पाएकी छन् । ६० वर्ष उमे र पुगेपछि अवकाश पाउने स्वास्थ्य ऐनको प्रावधान रहेका कारण डा.किरण रेग्मी अस्तिबाट अवकाश पाएकी हुन् ।

अवकाश पाउनुअघि करिब चार महिनामात्र सचिवको कार्यभार सम्हालेकी रेग्मी अवकाश पाउनुअघि विदेश भ्रमणमै थिइन् । स्वास्थ्य मन्त्री दीपक बोहोरा आफैं जानुपर्ने कार्यक्रममा डा.रेग्मी मन्त्रीको समेत प्रतिनिधित्व गर्दै थाइल्याण्ड भ्रमणमा गएकी थिइन् ।

मन्त्री बोहोरा निर्वाचनमा व्यस्त भएपछि उनले आफ्नो समेत नेतृत्व गर्दै सचिव रेग्मीलाई विदेश जान अनुमति दिएका थिए । आइतबार साँझ स्वदेश फर्किएकी डा.रेग्मीको हिजो स्वास्थ्य मन्त्रालयले औपचारिक बिदाई समेत गरेको थियो । रेग्मीको बिदाईसँगै निमित्त सचिव को हुने भन्ने विवाद समेत सिर्जना भएको छ ।

निर्वाचनका कारण कन्फर्म सचिव बनाउन केही समय लाग्ने भएका कारण निमित्त सचिवका भरमा मन्त्रालय सञ्चालन गर्ने योजना मन्त्री बोहोराको रहेको छ । सचिव रेग्मीको अवकाशसँगै सचिवका दाबेदारका रुपमा बाह्रौं तहका तीन जना विशेषज्ञ चिकित्सकहरु देखिएका छन् ।

स्वास्थ्य सेवा ऐनमा ११ औं तहमा पाँच वर्ष काम गरि सकेका चिकित्सक वा १२ औं तहका चिकित्सकलाई स्वास्थ्य सचिव बनाउने प्रावधान रहेको छ । अहिले १२ औं तहमा तीन जना चिकित्सक कार्यरत छन् । डा.पुष्पा चौधरी, डा.विनोदमान श्रेष्ठ र डा.सुशील प्याकुरेल १२ औं तहका चिकित्सक हुन् ।

उनीहरु मन्त्रालयमै कार्यरत छन् । यीमध्ये डा.चौधरी र डा.श्रेष्ठ गगन थापा स्वास्थ्यमन्त्री हुँदा १२ औं तहमा पदोन्नति भएका थिए । डा.प्याकुरेलसँगै बढुवा भएका डा.तरुण पौडेल बढुवा लगत्तै अवकाश भएका छन् । अहिले स्वास्थ्य मन्त्रालयमा १२ औं तहको सचिव समेत गरी दुई दरबन्दी रिक्त छ ।

अवकाश पाएकी डा.रेग्मीले थाइल्याण्ड जानुअघि डा.पुष्पालाई नै वरिष्ठताका आधारमा निमित्त सचिवको जिम्मेवारी दिएका कारण रेग्मीको अवकाशपछि पनि उनैले निमित्त सचिवको जिम्मेवारी पाउनुपर्ने एकथरीको तर्क छ भने अर्कोथरीले १२ औं तहमा कार्यरत जुनसुकै चिकित्सकलाई पनि निमित्त दिन सकिने विवाद झिकेका छन् ।

तीनै जना सचिवका प्रतिस्पर्धी रहेका कारण एकले अर्कोलाई सिध्याउनका लागि निमित्त सचिवको हानाथाप गरिरहेको मन्त्रालय स्रोत बताउँछ । अहिले निमित्त सचिवको जिम्मेवारी निर्वाह गर्न पाए त्यसकै आधारमा कन्फर्म सचिव बन्नका लागि योग्यता पुग्ने जिकिर झिकेर निमित्त सचिवका लागि हानाथाप भएको बताइन्छ ।

अवकाश पाउने सचिवले निमित्त दिन नमिल्ने तर्क झिक्नेहरु पनि छन् । निमित्त सचिव कि त मन्त्रिपरिषद्को बैठकले तोक्नुपर्छ कि त मुख्य सचिवले दिनुपर्ने विगतको परम्परालाई आधार मान्ने हो भने अवकाश पाउन लागेकी डा.रेग्मीले निमित्त तोक्न मिल्दैन, ताजा खबरमा उल्लेख छ ।

तर डा.रेग्मीसँग निकट मानिएका ११ औं तहका चिकित्सक डा.भोलाराम श्रेष्ठले भने अवकाश पाउन लागेकी डा.रेग्मीले नै निमित्त सचिव तोकेर जान सुझाव दिएको बताइएको छ ।

स्वास्थ्यमन्त्री बोहोरा चुनावी अभियानमा जिल्लातिर रहेका र सचिव पनि विदेश भ्रमणमै रहेका कारण विगत केही दिनदेखि मन्त्रालयको कामकाज समेत ठप्प हुन पुगेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan