Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति क्षत्रीको अन्तर्वार्ता जुन व्यापक चर्चामा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २० मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले एपी वान टेलिभिजनमा टिकाराम यात्रीसंग अन्र्तवार्ता दिदै कतिपय रणनीतिक योजनाहरुको समेत खुलासा गरेका छन् ।

सेनापतिले विप्लव समुहले पछिल्लो समय गरेको चुनाव विरोधी गतिविधीलाई उच्छृङगल गतिविधीको संज्ञा दिएका छन् । उनले मुलुक राजनीतिक परिवर्तको संघारमा भएकाले यस्ता खालका असन्तुष्टीलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

उनले अन्र्तवार्तामा भनेका छन, ‘संविधान कार्यान्वयन गर्ने दिशामा मुलुक छ,यो चुनाव त्यसको अन्तिम विन्दु पनि हो, त्यसक्रममा छिटफुट बम प्लान्ट गर्ने कार्य पनि भएको छ ।

सबै पक्ष यो प्रक्रियामा सन्तुष्ट छन् भन्ने छैन् । समष्टीगत रुपमा ठूलो मात्रामा क्षती भने भएको छैन् ।’ उनले नेपाली सेनाको उपस्थितीले क्षती कम भइरहेको दाबी समेत गरेका छन् । सिके रावत निगरानी भित्रै छ ।

प्रधानसेनापति क्षत्रीले तराईमा विखण्डनको नारा लिएर आन्दोलनरत सिके रावतको गतिविधीलाई सेनाले नजिकबाट हेरिरहेको दाबी गरेका छन् । उनले देशको संविधानको धारा २६७ ले नेपाली सेनालाई दिएको अधिकार सेनाले प्रयोग गर्ने चेतावनी समेत दिएका छन् ।

राष्ट्रियता र भौगलिक अखण्डताको सुरक्षा गर्ने जिम्मेवारी सेनाको भएको भन्दै क्षत्रीले त्यसमा शंका नगर्न आग्रह गरेका छन् ।

‘राज्यले सेनालाई सैनिक शक्तिको रुपमा स्थापित दिएको छ । त्यसैले हामीले पनि एउटा लक्ष्मण लेखा कोरेका छौं । देशमा यदी विखण्डनकारी गतिविधी भयो भने सेना मुकदर्शक हुँदैन ।’ प्रधानसेनापतिले अन्र्तवार्तामा भनेका छन् ।

सेना देशभित्र मात्र नभएर विदेशमा पनि विश्वासिलो शक्ति भएको भन्दै प्रधानसेनापति क्षत्रीले विखण्डन गर्ने दिशामा कसैले लैजान खोज्यो भने त्यसको सेनाले सशक्त ढंगले प्रतिकार गर्ने चेतावनी समेत दिए ।

उनले नेपालको भुभाग छिमेकीविरुद्ध प्रयोग नहोस भन्नेमा सेना सधै संवेदनशिल भएको दाबी समेत गरे । सेनापतिले सिके रावतको गतिविधीलाई निगरानी गर्न गुप्तचरलाई फोकस गरिएको जानकारी समेत अन्र्तवार्तामा दिएका छन् ।

नाकाबन्दी
तत्कालिन एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला सरकारकै सल्लाहमा आफूले नाकावन्दी खोल्न भुमिका खेलेको समेत क्षत्रीले दाबी गरेका छन् । उनले त्यसको जस आफुले मात्र नलिने बताए । क्षत्रीका अनुसार त्यतिबेला नाकावन्दी खोल्न राजनीतिक र सैन्य दुवै प्रयास भएका थिए ।

नाकाबन्दीबारे क्षत्रीले अन्र्तवार्तामा भनेका छन, ‘नाकावन्दीको बेला म भारत भ्रमणमा गएको थिए । त्यस क्रममा मैले मेरो समकक्षी भारतीय सेना अध्यक्ष, गृहमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्च अधिकारीसंग भेटेको थियो ।

नाकाबन्दीले सुरक्षामा पार्ने असर बारे मैले उहाँहरुलाई जानकारी गराए । खासगरी नेपाल–भारतको सिमामा त्यसले गर्ने असर र नेपाली जनतामा भारतविरोधी भावना बढ्छ भन्ने कुरा पनि मैले राखे ।

सैनिक दृष्ट्रिकोणबाट मैले प्रयास गरेको हो । मसंगको छलफलपछि रक्सौलको नाका खोल्ने प्रतिवद्धता पनि भयो, म भारत भ्रमणमै हुँदा रक्सौल नाका खुल्यो पनि । तर, म सरकारकै सहमतीमा भारत भ्रमणमा गएको होे । म जानुभन्दा पहिले मैले गोप्य डेलिकेशन समेत भारत पठाएको थिए । त्यसले यो नाकाबन्दी खुल्नुमा सामुहिक प्रयासले काम गरेको हो ।’

राजतन्त्र बारे धारणा
क्षत्रीले नेपाली सेना इतिहासकालदेखि नै सरकारको नीति नियमभन्दा बाहिर नगएको दाबी गरेका छन् । उनले सरकारका विधीसम्म र संविधानसंवत् आदेश सेनाले जहिले पालना गरेको बताए । उनले भनेका छन् ‘ इतिहासमा जहिले पनि सेनाले परिवर्तनलाई स्विकार गरेको देखिन्छ । ०६२⁄०६३ पछि भएको परिवर्तन पनि प्रक्रियागत भएकोले सेनाले स्विकारेको हो ।’ उनले सेनाले परिवर्तनलाई स्विकार नगरेको भए रक्तपात हुनसक्ने बताएका छन् ।

माओवादी द्धन्द्धमा सम्मेलित तत्व

प्रधानसेनापति क्षत्रीले माओवादी केन्द्रका नेताहरुलाई द्धन्द्धमा सम्मेलित तत्वको संज्ञा दिएका छन् । उनले अन्र्तवार्तामा भनेका छन् ‘सेनाले ६३ ⁄६४ पछि द्धन्द्धमा सम्मेलित तत्वको अन्र्तगत रहेर पनि हामीले काम गर्यो । उनीहरुले दिएका संविधान सम्भवत आदेशको सेनाले पालना समेत गर्यो ।’

उनले सेना गैरराजनीतिक संगठन भएको भन्दै वैधानिक सरकारले दिएका संविधानसम्वद्ध आदेश सेनाले मान्ने बताए । प्रधानसेनापतिले संविधान सम्भवत नभएको आदेश भने सेनाले नमान्ने बताए । ‘सेना भनेको गैरराजनीतिक संगठन हो, त्यसैले राष्ट्रहित विपरीत दिएको आदेश हामीले मान्दैनौ ।’ क्षत्रीले अन्र्तवार्तामा भनेका छन् ।

देशलाई आवश्यक भयो भने दमकलको भुमिकामा आउछौं । प्रधानसेनापतिले सेना भनेको देशको अन्तिम शक्ति भएको बताएका छन् । उनले देशका अन्य संयन्त्रहरु असफल भयो भने मात्र सेना परिचालन हुने बताए । राइट टाइम, राइट प्लेसमा सेना परिचालन हुनैपर्ने क्षत्रीको धारणा थियो ।

‘अहिले देशमा भएका समस्यालाई समाधान गर्न तत्काल राजनीतिक र कुटनीतीक रुपमा अघि बढ्न सक्ने ठाउ छ,यदी राष्ट्रलाई गम्भिर संकट आयो भने त सेना दमकल मात्र होईन हामी अघि बढ्नुपर्ने हुन्छ । त्यसैले राष्ट्र अघि बढ्न पनि चुनाव सफल हुन जरुरी छ ।’ सेनापतिले अन्र्तवार्तामा भनेका छन् ।

सेनाको संख्या घटाउन सकिन्छ
प्रधानसेनापतिले सेनाको संख्या घटाउन सकिने बताएका छन् । उनले नयाँ सरकार आएपछि मात्र उक्त विषय सम्भव भएको बताए । ‘संक्रमणकालमा यो विषय सम्भव छैन, तर नयाँ सरकार आएर बृहत गृहकार्य भयो भने त्यो विषय सम्भव छ ।’ सेनापतिले भने ।

उनले हचुवाको भरमा सेनाको संख्या र संरचनाबारे टिप्पणी गर्नेहरुप्रति भने असन्तुष्टी जनाए । सेनापतिले अघि थपे ‘यो त्यसै हचुवाका भरमा भनेर हुने विषय होईन, यसका लागि बृहत छलफल गरेर र राष्ट्रको आवश्यकता हेरेर निर्णय हुन्छ ।’

आत्मनिर्भर
प्रधानसेनापतिले अन्र्तवार्तामा कतिपय रणनिती विषयको समेत खुलासा गरेका छन् । उनले आफ्नो १० बुदे लक्ष्यको एउटा प्रमुख विषय नै सेनालाई आत्मनिर्भर बनाउने रहेको खुलासा गरे । उनले सेनालाई आत्मनिर्भर बनाउनेतिर प्रयासरत रहेको जानकारी समेत दिए ।

सेनापतिले अन्र्तवार्तामा भनेका छन्‘ हातहतियार बनाउने हिसावले अहिले नै हामी सफल भएका छैनौ,यो सम्भव हुने कुरा पनि होईन, तर गोलीमा भने हामी आत्मनिर्भर हुन्छौं ।

साना हतियारमा लाग्ने गोलीमा पनि हामी चार–पाच वर्षमा आत्मनिर्भर भइसक्छौ । बिस्फोटका पर्दाथमा पनि हामी आत्मनिर्भर हुने दिशामा अघि बढेका छौ ।

पाँच बर्ष्भित्र नेपाली सेना धेरैजसो चिजमा आत्मनिर्भर बनिसक्छ । सेना मात्र होइन हामीले अन्य अरु सुरक्षा निकायलाई पनि दिन सक्ने अवस्थामा हुन्छौ ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan