Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिलिमेको विद्युत् उत्पादन बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan

रसुवा, २० मंसिर (रासस) ः विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ ।

बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भोलि दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan