Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अछामका उम्मेदवार को कहाँबाट मतदान गर्दैछन् ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan
newsabhiyan

एकेन्द्र महता, मंसिर २०, अछाम ।   एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले साँफेबगर ६ बाट मतदान गर्दै

नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा क्षेत्र नं. १ का उम्मेदवार भीम रावलले भोली साँफेबगर नगरपालिका वडा नं.६ को चन्द्रोदय आधारभूत विद्यालय रिठागाऊँ मतदान कोन्द्रबाट मतदान गर्नुहुने भएको छ । संयुक्त वामगठबन्धनका साँझ उम्मेदवार रहनुभएका उपाध्यक्ष रावलले भोली विहान ७ वजे भोट हाल्ने कार्यक्रम रहेको छ ।

रावलका प्रतिद्धन्दी भरत कुमार स्वाँरले साँफेबगर ७ बाट मतदान गर्दै
नेपाली काँग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार भरत कुमार स्वाँरले साँफेबगर नगरपालिका वडा नं.७ स्थित सरस्वति आधारभूत विद्यालय रिडिकोटको मतदान कोन्द्रबाट  मतदान गर्नुहुनेछ ।

प्रतिनिधिसभा अन्र्तगत प्रदेश सभा क्षेत्र नं. १ का वामगठबन्धनका साँझा उम्मेदवार हर्कबहादुर कुँवरले साँफेबगर नगरपालिका वडा नं.९ स्थित बुढाकोट माविको मतदान कोन्द्रबाट मतदान गर्नु हुने भएको छ ।

यस्तै काँग्रेसबाट प्रदेश सभा क्षेत्र नं. १ उम्मेदवार बनेका मेघराज खड्काले चौरपाटी गाउँपालिकाको वडा नं. ५ स्थित दयापिपलतोला मावि लुंग्राको मतदान कोन्द्रबाट मतदान गर्नु हुनेछ ।

प्रदेश सभा २ बाट नेकपा माओवादीको तर्फबाट वामगठबन्धनका साँझा उम्मेदवार झपट वोहराले भने आफूलाई मतदान गर्न पाउनु हुने छैन । वोहराको मतदाता नामावली कैलालीको टीकापुर नगरपालिकामा रहेको छ । प्रदेश सभा २ बाट काँग्रेसबाट उम्मेदवार बनेका टेकबहादुर साउदले वान्नगढी जयगढ गाउँपालिका वडा नं. ३ मा रहेको जनज्योति माध्यामिक विद्यालय धारासैन मतदान केन्द्रबाट मत हाल्नु हुनेछ ।

अछाम क्षेत्र नं. २ प्रतिनिधीसभा सदस्य वामगठबन्धनका साँझा उम्मेदवार यज्ञ वोगटीले मंगलसेन नगरपालिका ३ र काँग्रेसबाट प्रतिनिधी सभा क्षेत्र नं.२ बाट उम्मेदवार पुष्प बहादुर शाहले मंगलसेन नगरपालिका ५ बाट मतदान गर्दै
प्रतिनिधी सभा क्षेत्र नं. २ साझा वामगठबन्धनका साँझा उम्मेदवार यज्ञ वोगटीले मंगलसेन नगरपालिका वडा नं. ३ मा रहेको  शिव निमावि तिखडाको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यस्तै काँग्रेसबाट प्रतिनिधी सभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पुष्प बहादुर शाहले मंगलसेन नगरपालिका वडा नं. ५ मा रहेको षोडसा माविको मतदान केन्द्रबाट मत हाल्नु हुनेछ ।

यस्तै, प्रदेश सभा १ को वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका अक्कल बहादुर रावलले पञ्चदेवल विनायक नगरपालिका वडा नं.७ स्थित भवानी मावि पुल्लेतोला मतदान केन्द्रबाट मत हाल्नु हुनेछ ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका सुरत बहादुर विस्ट पञ्चदेवल विनायक नगरपालिका वडा नं.४ स्थित हेल्थपोष्ट भवन कुची मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

प्रदेश सभा २ बाट वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका वलबहादुर सोडारीले मंगलसेन नगरपालिका वडा नं. १४ स्थित अन्नपूर्ण मावि बढपिपल मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ । यस्तै काँग्रेसबाट उम्मेदवार बनेका वलबहादुर कुँवरले ढकारी गाउँपालिकाको वडा नं.२ स्थित गुरुकुल मावि ढकारीको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan