Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

बैतडी, २१ मंसिर (रासस) ः बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । यसअघि गत कात्तिक २२ गते प्रदेश नं ७ को बझाङ केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan