Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शंकर पोखरेलले जनता विद्यापिठमा गरे मतदान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

विजौरी २१ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगत जनता विद्यापिठ वुथमा मतदान कार्य सुरु भएको छ । उक्त मतदान केन्द्रमा नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य मन्त्रिका रुपमा प्रस्तावित उम्मेदवार शंकर पोखरेलले पहिलो मतदान गरेका छन् ।

विहान सवा सात बजे देखि सुरु भएको मतदानमा अहिले सम्म २० जना जतिले मात्रै मतदान गरेका छन् ।

मतदान पछि संक्षिप्त प्रतिकृया दिँदै पोखरेलले संविधान कार्यान्वयनको खुट्किलोमा रहेकाले यो निर्वाचनले शान्ति र स्थीरता दिने उल्लेख गरे । साथै राजनीतिक दलहरुका बीचमा गठबन्धन बनेर स्थायी सरकार दिने पनि बताए ।

उनी पाँच नम्बर प्रदेशको मुख्य मन्त्रिको रुपमा दाङ क्षेत्र नम्बर २ क बाट उम्मेदवार पनि हुन् ।
पाँच नम्बर प्रदेशको राजधानीको विषयमा जिज्ञाषा राख्दा पोखरेलले दाङ सवै हिसाबले राजधानी हुन उपयुक्त स्थान रहेको बताए ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan