Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अध्यक्ष ओली, सिटौला र कार्कीले आफूलाई मत हाल्न पाउनुभएन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

सुरुङ्गा, झापा, २१ मंसिर । झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाउनुभएन ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाउनुभएको हो ।

एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उहाँले झापाबाट मत खसाल्न नपाउनुभएको हो ।

यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न नपाउनुभएको हो ।

वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बन्नुभएका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न नपाउनुभएको हो ।

एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र नेकपा (माओवादी केन्द्र)का नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan