Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आयुक्तद्वारा मतदान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

काठमाडौँ, २१ मंसिर  दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयुक्तहरुले पनि मतदान गर्नुभएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका–१० कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका–२, टीका विद्याश्रम मावि, सानेपा मतदान केन्द्र र आयुक्त सुधीरकुमार शाहले काठमाडौँ महानगरपालिका–४ र धुमबाराही मावि, धुमबाराही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

यसैगरी आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका–८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको आयोगले जनाएको छ ।

बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि शुरु भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदाताले मतदान गरेका छन् । देशका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्र्दैछन् ।

प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामान मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको आयोगले जनाएको छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan