Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

 काठमाण्डौ,२१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।


मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको बताए । ’तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु,’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले प्रदेशका राजधानी पनि चाँडै तोकिने बताए । उनले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे । देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौंपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan