Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एउटै केन्द्रबाट तीन नेताको मतदान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

मंगलबारे, इलाम, २१ मंसिर (रासस) ः मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताउनुभयो ।

इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भन्नुभयो, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।”

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गर्नुभयो । मतदानपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताउनुभयो ।

यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan