Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगन थापामाथि बम प्रहार गर्ने विप्लव समुहका ६ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

रवि विप्लप समूहका युवा दस्ता इञ्जार्च, मुक्ति काठमाडौँ जिल्ला समिति सदस्य, महेष ललितपुरको इलाका कमिटी सदस्य, विगेश न्याय विभाग प्रमुख, राजिव नुवाकोट जिल्ला सदस्य र रोशन साधारण सदस्य हुन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।

उनीहरु पक्राउ परेपछि अन्य स्थानमा विष्फोट गराउने योजना असफल भएको प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan