Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रक र भ्यान ठोक्किदा नौको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

नयाँ दिल्ली, २१ मङसिर  ।  भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ ।

भारतीय सहर चेन्नाईबाट तीन सय किलोमिटर टाढा रहेको एक सडकमा सो दुर्घटना भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी मृत्यु भएकामा तीन जना बालबालिका र दुई महिला रहेका छन् । यी सबैको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि ट्रक चालक भने त्यहाँबाट फरार भएको बताइएको छ । भारतमा विश्वको तुलनामा सडक दुर्घटनाको सङ्ख्या बढी रहेको छ ।

दुर्घटनाको कारणमा नाजुक अवस्थामा रहेको सडक, मर्मत संभारको कमी र चालकको लापरवाही रहेको सम्बन्धित अधिकारीहरुको भनाइ रहेको छ । (रासस÷सिन्ह्वा) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan