Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्व पोर्नस्टार सन्नी लियोनीबारे अनौठो तथ्य आयो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार |
newsabhiyan
newsabhiyan

मुम्बई । पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी सबैभन्दा बढी खोजी हुने महिलामा परेकी छिन् ।

अनलाइन प्लेटर्फममा सबैभन्दा बढी खोजी गरिएकी भारतीय अभिनेत्री बन्न उनी सफल भएकी हुन् ।

अभिनेत्रीहरू दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्या राय बच्चन, क्याट्रिना कैफलगायतलाई पछि पार्दै सन्नीले सबैभन्दा धेरै खोजी हुने महिलाको उपाधि हातपारेकी हुन् ।

यो वर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि सन्नी अरू अभिनेत्रीभन्दा बढी खोजिनेमा परिन् ।

अत्यधिक खोजी गरिएका अभिनेत्रीहरूको सूचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरू पनि छन् ।

अभिनेता विनोद खन्नालाई मृत्युपछि बढी खोजिएको छ । पुरुष सेलेब्रिटीमा उनी याहुमा खोजिनेमा पहिलो नम्बरमा छन् ।

विनोद खन्नापछि कपिल शर्मा दोस्रो नम्बरमा छन् । सलमान खान र रजनीकान्त कपिलभन्दा पछाडि धकेलिए । – एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan