Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अहिले विहान सम्मको मत परिणाम अनुसार सबै शिर्ष नेताहरु पछाडी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाण्डौ । 

प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द १ स्थानमा विजयी, कांग्रेसले अझै खाता खोल्न सकेन 

दोस्रो चरणको मतदान सके लगतै पहिलो चरणमा भएको मतदान केन्द्रहरुको मत गणना भईरहेको छ भने दोस्रो चरणमा मतदान भएका धेरैवटा जिल्लाको मत गणना भई रहेको छ ।

अहिले विहान सम्मको मत परिणम हेर्ने हो भने शिर्ष नेताहरु रेड जोनमा परेको देखिन्छ । 

झिनो मतको अन्तरले अघिपछि भईरहेको मत परिणामले देखाएको छ ।

सिन्धुपाल्चोकको पछिल्लो अवस्था
सिन्धुपाल्चोकमा प्रतिनिधिसभा तर्फ क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बन्दै गएको छ ।

उता क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । कहिले राणाले त कहिले तामाङले अग्रता लिने गरेका छन् ।


शुक्रबार बिहान ७ बजेसम्मको परिणामअनुसार पूर्वसञ्चारमन्त्री समेत रहेका अग्नि सापकोटाले वर्तमान सञ्चारमन्त्रीसमेत रहेका बस्नेतलाई ३ हजार ३ सय भन्दा बढी मतले पछि पारेका छन् । सापकोटाले ७ हजार ६६६ र बस्नेतले ४ हजार ३०५ मत पाएका छन् ।

क्षेत्रनम्बर २ मा केहीबेर अघिसम्म पछि परेका शेरबहादुरले बिहान पुनः अग्रता लिएका छन् । उनले ७ हजार ६३१ मत पाउँदा राप्रपा प्रजातान्त्रिकका राणाको ७ हजार १४१ मत पाएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan