Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दलहरु र निर्वाचन आयोगको कमजोरीले कम मत खस्दैछ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ मंसिर । २१ मंसिरमा दोस्रो चरणको निर्वाचनमा मतदान भयो । केहि समयअघि भएको स्थानीय तह निर्वाचन भन्दा पहिलो चरणमा १० मंसिरमा भएको निर्वाचनमा १० प्रतिशत मत खसेको छ ।

पहिलो चरणमा स्थानीय निर्वाचनमा भन्दा किन मत कम खस्यो र दोस्रो चरणमा मत बढि खसाल्न कसले के गर्नुपर्छ भन्ने विषयमा हामीले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसंग कुराकानी गरेका छौं । प्रस्तुत छ, पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीसँग मत कम खस्नाको कारण र दोस्रो चरणमा बढाउन के गर्नु पर्ला भन्ने विषयमा गरेको कुराकानीको सारसंक्षेप :-

पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्थानीय तह निर्वाचनको तुलनामा खसेको मतलाई कसरी लिनु भएको छ ?
केही महिनाअघि मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा १० मंसिरमा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १० प्रतिशत कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७५ प्रतिशत मत खसेकोमा अहिले ६५ प्रतिशत मात्रै मत खसेको छ ।

यसरी मत कम खस्नुमा केही कारण छन् । ति कारणहरुलाई केलाएर दोस्रो चरणमा सुधार्न सकिन्छ । सर्वप्रथम भुगोल र मौसमले कम मत खसेको छ । दोस्रो चरणमा सम्वेदनशील भएमा सुधार्न सकिन्छ ।

पहिलो चरणमा कम मत खस्नाका कारण के के हुन त ? पहिलो चरणको निर्वाचनमा मत कम खस्नाका ५ कारण छन् । ति कारण यस्ता छन् ।

पहिलो भुगोल
पहिलो चरणमा निर्वाचन भएको क्षेत्रको भूगोल जटिल भएकाले टाढा—टाढा मतदान केन्द्र राखिएका थिए । त्यसले गर्दा मतदातालाई पुग्न गाह्रो भयो । जाडो सुरु भएर हिमाली भेगमा हिउँसमेत परेकाले वृद्धवृद्धालाई मतदान गर्ने स्थानसम्म पुग्न गाह्रो भयो । त्यसैले पनि यसपटकको मतदानमा मत कम खस्यो ।

दोस्रोः रोजगारी
मत कम खस्नुको अर्को मुख्य कारण युवा रोजगारीका लागि बिदेसिनु पनि हो । पर्यवेक्षणका क्रममा हामी घुमेका स्थानमा पुरुषको भन्दा बढी मत महिलाको खसेको छ । हिजोअस्ति मात्रै सुदूरपश्चिमबाट युवा रोजगारीका लागि भारततर्फ गएका तस्बिरसहितका खबर प्रकाशित भएका थिए ।

यसले आमनागरिकलाई मतको भन्दा आफ्नो रोजीरोटीको जोहो प्यारो भएको देखिन्छ । मत हाल्नभन्दा परिवार पाल्न धन कमाउनु पहिलो प्राथमिकता भएको निष्कर्षमा युवा पुगेको देखिन्छ । र, उम्मेदवारले उनीहरूलाई अर्थको जोहो गर्न र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएर रोक्न सकेको देखिएन ।

तेस्रो : उम्मेदवारसँगको सामीप्य
स्थानीय तहमा उम्मेदवार पनि स्थानीय र मतदाता पनि स्थानीय भएकाले मतदाता र उम्मेदवारबीच सामीप्य थियो । हुन त प्रतिनिधिसभा र प्रदेश सभामा पनि उम्मेदवार स्थानीय नै हुन्छन् । तर, अहिले उनीहरूको निर्वाचन क्षेत्र स्थानीय तहको भन्दा भूगोलमा निकै फराकिलो हुन्छ ।

तसर्थ, उम्मेदवार स्थानीय तह निर्वाचनमा जस्तो घर९घरमा पुग्न सकेनन् । तसर्थ, उम्मेदवारले मतदातालाई ‘कन्भिन्स’ गर्नसमेत सकेनन् । स्थानीय सरकार सानो भएको र क्षेत्रफल पनि सानो भएकाले नातागोता, स्थानीय साइनो र इष्टमित्र सबैले सबैलाई मत हाल्नका लागि ल्याउन सके ।

ठूलो भूगोल र क्षेत्र भएका स्थानमा उम्मेदवार घर९घरमा पुग्न नसक्ने, मतदाताले उम्मेदवार मत माग्न आएनन्, नदिूदा के नै हुन्छ र रु हाम्रो सरकार हाम्रो गाउूमै छ भन्ने मतदाताको धारणाले पनि काम गरेको हुन सक्छ ।

चौथो : निर्वाचन प्रणाली
अहिले हामीले बनाएको निर्वाचन प्रणालीमा तीन प्रतिशत ‘थ्रेस होल्ड’को व्यवस्था गरिएको छ । साना दल मिलेर ठूला एउटा, दुइटा र तीनओटा दल बनाउने पर्याप्त समय पनि हामीसूग थिएन । प्रायः साना दलहरूले रुचि देखाएर गठबन्धनमा पनि सामेल भएनन् ।

मिल्दाजुल्दा दल खोजेर हैसियतअनुरूपको जिम्मेवारी लिई गठबन्धनको कसरत गर्ने समय पनि भएन र उनीहरूले थोरै मतले आफ्नो सिट नआउने र आफ्नो सिट नआउने भएपछि अर्कालाई जिताउन किन मत हाल्न जाने भन्ने मानसिकता बनाएर मत हाल्न गएनन् ।

समानुपातिकतर्फ एउटा मात्रै सिट आउने मत आएर पुग्दैन, तीन प्रतिशत मत पुग्ने जस्तो संगठन देखिएन भन्ने पनि धेरै दल देखिए । मत हाल्न नजाने मानसिकता बनाएका मतदातालाई ‘इन्करेज’ गर्ने संयन्त्र सरकार, निर्वाचन आयोग र राजनीतिक दलले बनाउन सकेनन् ।

पाँचौ : आर्थिक अवस्था
नेपालमा अधिकांश नागरिक गर्दा खान पुग्ने मात्रै छन् । तसर्थ उनीहरू रोजगारीका सिलसिलामा मुलुकका विभिन्न स्थानमा पुगेका हुन्छन् । उदाहरणका लागि कञ्चनपुरको कुनै मतदाता रोजगारीका लागि काठमाडौंमा छ, उसलाई मत दिन कञ्चनपुर पुग्नुपर्छ र काम गर्न पुनः काठमाडौं नै फर्कनुपर्छ । त्यसका लागि ‘मोटिभेसन’ त चाहियो नि ।

त्यसमाथि निजी कम्पनीमा काम गर्नेहरूलाई एक दिन मात्र बिदा दिइन्छ । केही संस्थामा त बिदा नै नदिने गरेको पनि पाइन्छ । त्यसले अप्ठेरो पर्छ । हाम्रोमा अहिलेसम्म ‘प्री भोटिङ’ र अनलाई ‘भोटिङ’को व्यवस्था पनि गरिएको छैन ।

र, मतदानका लागि गाउँ जाने—आउने अवस्था राजनीतिक दल र सरकारले सिर्जना गर्न सकेनन् । परिणामतः उनीहरू मत दिन नजाँदा मत प्रतिशत खस्कन सक्छ । त्यसको अतिरिक्त निर्वाचनमा खटिएका पाँच लाखभन्दा बढी निजामती कर्मचारीले पनि मतदान गर्न पाएनन् । कर्मचारीका लागि केही व्यवस्था गरिदिएको भए उनीहरूको निश्चित खस्ने भोट हो ।

दोस्रो चरणको निर्वाचनमा कसरी सुधार गर्न सकिन्छ ?
दोस्रो चरणका लागि पनि उम्मेदवारको मनोनयन सम्पन्न भइसकेको छ । यस्तो अवस्थामा उम्मेदवार त्यति नै हुन्छन् । मतपत्र त्यही नै हो । मतदातालाई मतदाता शिक्षा नपुगेर र पुगेर पनि ‘कन्फ्युज्ड’ भएको अवस्थामा उम्मेदवार र राजनीतिक दलले घरघरमा पुगेर वा एकै स्थानमा भेटेर जानकारी गराउन सकेको खण्डमा मात्र मतको प्रतिशत बढाउन सक्ने सम्भावना रहन्छ ।

निर्वाचनको प्रक्रियामा उम्मेदवारलाई हामीले जिताएर हामीले के पायौू र रु अहिले भाग नलिूदा के हुूदो रहेछ र रु भनेर हेर्नेलाई कन्भिन्स गर्न सक्दा केही फरक पर्छ । केहीको मानसिकतामा यिनले अहिले धेरै पैसा खर्च गरेर निर्वाचन जित्छन् । जितेपछि माथि गएर गाउँमा फर्कंदै फर्कंदैनन् । अहिलेसम्म जितेर केही काम गरेनन् भनेर निरुत्साहित भएर पनि मतदाता मत दिन नआएका हुन सक्छन् ।

मतदाता शिक्षा दिन कञ्जुस्याई गरेकाले मत कम खसेको भन्ने सुनिन थालेको छ, के यो सत्य हुन सक्छ ?
माथि उल्लेख गरिएका कारणबाहेक निर्वाचन तथा उम्मेदवारको आचरण र व्यवहारका कारण पनि मत खस्ने प्रतिशत कम हुदै गइरहेको छ । उम्मेदवारलाई मतदाताले जिताएर पठाएपछि आफू जितेको क्षेत्रका लागि उनीहरूले गरेको काम उदाहरणीय र प्रशंसनीय नभएको स्थितिले पनि मतदाता मतदान गर्न नआएका हुन सक्छन् ।

त्यसमाथि हाम्रो निर्वाचन प्रणाली पनि जटिल छ । यसअघि हामीले गरेका दुई निर्वाचन संविधान बनाउनका लागि गरिएका थिए, सरकार बनाउनका लागि भनेर स्पेशल रूपमा गरिएको थिएन । ती निर्वाचनलाई हामीले आवधिक निर्वाचनभन्दा पनि भन्दैनौ र भन्न उचित पनि हुँदैन ।

अहिले लामो समयपछि भएको आवधिक निर्वाचन पाँच वर्षका लागि सरकार निर्माणका लागि हुन लागेको हो । निर्वाचनपछि बन्ने सरकारले मुलुकमा दिगो विकासको ढोका खोल्न सक्छ । मुलुकमा विकासको ढोका खोल्न योग्य व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्छ भन्ने शिक्षा हामीले जनतासम्म पु¥याउन नसकेकै हो । मलाई मत दिनुस् भन्ने र पैसै बाँढेर भए पनि निर्वाचन जित्नुपर्छ भन्ने परम्परागत संस्कारबाट दलहरू माथि उठ्न सकेनन् ।

त्यसको ठीक विपरीत मतदाता भने उनीहरूलाई खान जाने भ¥याङ बन्न हामी किन मतदानका लागि जाने भन्ने बुझे कि जस्तो लाग्छ । मुलुकमा युगान्तकारी परिवर्तन पश्चात् हामीले जनप्रतिनिधिमार्फत संविधान निर्माण ग¥यौ । त्यही संविधान कार्यान्वयन गरी मुलुकमा विकासको ढोका खोल्नका लागि, शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन र संक्रमणकाल अन्त्यका लागि यो निर्वाचन गर्न लागिएको हो, भन्ने शिक्षा मतदातालाई दिन नसकिएकै हो ।

त्यसमा कसैले चासो राखेर कसैले मतदातालाई शिक्षा दिन उपयुक्त ठानेन । मत कसरी, कहाँ र कहिले हाल्ने भन्ने सिकाएर मात्रै हुूदैन । मत किन हाल्ने ? यो मतले मुलुकमा कति परिवर्तन ल्याउँछ ? मतदाताले निर्वाचनपछि के पाउँछन् भन्ने विषयमा पनि शिक्षा दिनु जरुरी थियो, त्यो हुन सकेन । जसको परिणाम स्वरूप खसेको मत प्रतिशत कम भयो । अभियान टाइम्सबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan