Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकले झण्डै एक दर्जन बैंक तथा फाईनान्सलाई कारवाही गर्न सक्ने (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ मंसिर । सञ्चालनमा रहेका झण्डै एक दर्जन बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले सुधारात्मक कारवाही गर्न सक्ने संभावना बढेर गएको छ ।

राष्ट्र बैंकको प्रावधान अनुसार कुुनै पनि बैंक तथा फाईनान्स कम्पनीहरुको खराव कर्जाको अनुुपात पाँच प्रतिसत भन्दा कम हुुनुुपर्ने प्रावधान रहेको भए पनि ती संस्थाहरुमा पाँच देखि ८३ प्रतिसतसम्म कर्जा खराव देखिएपछि त्यस्ता संस्थाहरुलाई राष्ट्र बैंकले कारवाही गर्न सक्ने संभावना बढेर गएको हो ।

न्युुनतम खराव कर्जाको अनुुपाँत पाँच प्रतिसत भन्दा बढी हुने बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकले कारवाही स्वरुप निक्षेप संकलन तथा कर्जा प्रवाहमा न्युुनतम सिमा तोकिदिने, शाखा खोल्न प्रतिवन्ध लगाउने, राष्ट्र बैैंकले बिक्री गर्ने निक्षेप उपकरणको खरिदमा सहभागितना नदिने लगायतको कारवाही गर्न सक्ने प्रावधान रहेको छ ।

सोही प्रावधानका काररण पनि वेष्ट फाईनान्स, अरुण फाईनान्स, सिर्नर्जी फाईनान्स, जानकी फाईनान्स, साझा बिकास बैंक सहित संस्थाहरु कारवाहीमा पर्ने संभावना बढेर गएको हो ।

राष्ट्र बैंकको निर्देशन खराव कर्जाको अनुुपात पाँच प्रतिसत भन्दा कम हुुनुुपर्नेमा यस्तो कर्जाको अनुपात वेष्टमा ८३ दसमलव ८८, अरुणमा ३१ दसमलव ८९, सिर्नर्जीमा २१ दसमलव चार, एनआईडिसी डेभलपमेन्ट बैंकमा नौ दसमलव ६२, साझा बिकास बैंकमा आठ दसमलव ३५, जानकीमा छ दसमलव ९९ र सहारा बिकास बैंकमा पाँच दसमलव ६४ प्रतिसत रहेको छ ।

खराव कर्जाको अनुुपात उच्च भएकै कारण सिर्नर्जी फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड नौ लाख ४४ हजार, सहारा बिकास बैंकले २९ लाख ३५ हजार तीन सय १० रुपैयाँ र गोर्खाज फाईनान्सले तीन करोड ६२ लाख ३० हजार रुपैयाँ खुुद नोक्सानी बेहोरेका छन् ।

खराव कर्जा उच्च हुुने यस बाहेकका अन्य बैंक तथा फाईनान्सहरुले सामान्यरुपमा नाफा आर्जन गरेको देखिएपनि अधिकांस कर्जामा धितो कमजोर रहेको, भाखा नाघेको लगायतका कारणले संभावित जोखिम व्यवस्थापन रकम अर्थात प्रोभिजन रकम उच्च देखिएको छ ।

एनसीसी बैंक, नेपाल ग्रामिण बिकास बैंक र एक तह घटुवा भएर बनेको गोर्खाज फाईनान्समा पनि अन्य बैंक तथा फाईनान्सको तुुलनामा खराव कर्जाको अनुपात बढी नै रहेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले २८ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ४० वटा बिकास बैंक, २८ वटा फाईनान्स कम्पनी र ५१ वटा लघुुबित्त समेत गरी कुल एक सय ४७ वटा संस्थाहरु सञ्चालनमा रहेकाछन । खराव कर्जा उच्च हुने झण्डै एक दर्जन संस्था बाहेकका अन्यमा भने खराव कर्जाको अनुपात दुुई प्रतिसत भन्दा कम नै रहेको छ ।

यी हुन खराव कर्जा उच्च भएका बैंक तथा फाईनान्स कम्पनीह्रु कर्जा

क्र.स संस्थाको नाम खराव कर्जा (प्रतिसतमा)
वेष्ट फाईनान्स    ८३.८८
अरुण फाईनान्स   ३१.८९
सिर्नर्जी फाईनान्स   २१.०४
४  एनआईडिसी डे. बैंक    ९.६२
५  साझा बिकास बैंक   ८.३५
जानकी फाईनान्स   ६.९९
सहारा बिकास बैंंक   ५.६४ 
८  गोर्खाज फाईनान्स   ४.९३
९  नेपाल ग्रामिण बिकास बैंक  ४.६९
१० एनसीसी बैंक    ४.२९

(श्रोत सम्वन्धीत संस्थाको पहिलो त्रैमासिक बित्तीय बिवरण)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan