Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१ सय ५९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा कसले कति जिते ?

६ क्षेत्रको बाँकी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ मंसिर ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभातर्फ जम्मा १५९ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

त्यसमध्ये एमालेले ७७ क्षेत्रमा विजयी हासिल गरेको छ भने ४ स्थान अग्रता लिएको छ । अग्रता लिएका ठाउँमध्ये सुनसरी -३ मा गणना रोकिएको छ । त्यसबाहेक स्याङ्जाका दुवै क्षेत्र, कैलाली- २ मा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले अहिलेसम्म ३६ क्षेत्रमा विजयी हासिल गरेको छ ।

कांग्रेस हालसम्म २१ स्थानमा विजयी भएको छ । राजपा र संघीय समाजवादीले २०, राप्रपाले १, नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan