Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजीनामा दिने कि नवराजलाई सलाम ठोक्ने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २६ मंसिर । बोल बोल मछली मुखभरि पानी, आइजीपी प्रकाश अर्यालको स्थिति यस्तै छ । उनको छटपटीका कारण उनी नवराज सिलवाललाई सलाम ठोक्नुभन्दा राजीनामा दिने मूडमा पुगेका छन् ।

म झूठ बोल्दिन, जति दिन बाँच्छु देशको सेवा गर्छु । चुनाव जित्दै गर्दा यसै भनेका छन् एमाले अध्यक्ष केपी ओलीले ।

यसो हो भने आइजीपी बन्न नसकेका नवराज सिलवाललाई एमाले प्रवेश गराउँदै गर्दा ओलीले म गृहमन्त्री बनाउ“छु भनेका थिए, चुनावमा खडा गराए र एमाले लहरका कारण सिलवालले चुनाव पनि जिते ।

केही दिनमा केपी ओली प्रधानमन्त्री बन्दैछन्, उनले नवराजलाई गृहमन्त्री बनाउलान् त ? यस्तो चर्चा सुरु भएको छ र खासगरी नेपाल प्रहरीभित्र नवराज विरुद्ध षडयन्त्र गर्नेहरु चकित परेका छन् ।

यही सम्झेर आइजीपी अर्याल जेवी चन्दले चुनाव जितेकोमा जय नेपाल साव भन्दै बधाई समेत दिइसकेका छन् । अब नवराज गृहमन्त्री नै बने भने यिनले यसैगरी सलाम साव भनेर बुठ बजार्दै स्यालुट ठोक्नुपर्नेछ ।

यद्यपि गृहमन्त्री माओवादीले पनि मागेको छ । एमालेभित्र गृहमन्त्रीका दावेदार धेरै छन् । नवराजले चुनाव जितेपछि खैलाबैला मच्चिएको छ, तर ओली बोलीका पक्का भएकाले ओलीका सामु कसैले मुखै फोरेर भन्नचाहिं गाह्रै छ ।

काविल प्रहरीमा गनिएका नवराजमाथि अन्याय भएको आमधारणा र ओलीले गृहमन्त्री बनाउने घोषणाका कारणले पनि नवराजले चुनावमा धुरन्धर कांग्रेसी उदयशमशेरलाई हराएका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan