Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौँ क्षेत्र–३ प्रदेशसभा (क)मा काँग्रेसको विजय ¥याली

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan

काठमाडौँ, २६ मंसिर (रासस) ः नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं ३ ले क्षेत्रको प्रदेशसभा (क)मा सभा सदस्य पद जितेकामा विजय ¥याली निकालेको छ ।

क्षेत्र नं ३ को प्रदेशसभा सदस्यमा छिरिङदोर्जे लामा विजयी हुनुभएको थियो । क्षेत्रको चुच्चेपाटीबाट शुरु भएको विजय ¥याली महांकाल–रामहिटी–सरस्वतीनगर–शान्तिनगर–आरुबारी–जोरपाटी–नयाँबस्ती हुँदै बौद्ध स्तुपमा आएर समापन भएको थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य लामालाई सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले सफल कार्यकालका लागि शुभकामना दिनुहुँदै प्रदेशसभा क्षेत्रमा विकास निर्माणलगायत काममा सक्रियता साथ लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवम् काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति सन्तोष चालिसे, नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदी र वडा नं का अध्यक्ष राजीव थापालगायतले शुभकामना दिँदै विकास निर्माण एवम् जनचासोका काममा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशसभा सदस्य लामाले जनताको सुख–दुःखमा साथ दिई आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । क्षेत्र नं ३ को प्रदेशसभा (क)मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ पर्छन् । यो क्षेत्रमा काँग्रेसले प्रदेशसभा (क)मा मात्र विजयी भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan