Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन जितेका चौधरीनै नभेटिए पछि खैलाबैला !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ मंसिर । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरी करिब २१ हजार मतान्तरले चुनाव जित्दै सिंहदरबारको यात्रा तय गरेका छन् ।


कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निवाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गरेका हुन् । चुनाव जितेका चौधरीलाई भने अहिले सरकारले खोज्न सुरु गरेको छ ।

सरकारको यो खोजी कार्यले चौधरीको सिंहदरबारको यात्रा भने कठिन हुने देखिएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नावालक हत्या अभियोग लागेका चौधरी त्यतिबेला देखि नै नेपाल प्रहरीको फरार अपराधी हुन् ।

उक्त घट्नामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाईसकेको छ । उनीहरु हाल जेलमा छन् । प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ ।

निर्वाचित चौधरी प्रमाणपत्र लिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा उपस्थित हुन समेत नसक्ने हुन कि भन्ने बुझिएको छ ।

निर्वाचन जितेका चौधरीनै नभेटिए पछि अखिले निर्वाचन आयोगदेखि प्रहरी भित्र समेत खैलाबैला मच्चिएको छ ?

यो पनि पढ्नुहोस् ।  रेशम चौधरीको स्थिति अब के हुने ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan