Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan

बेसीशहर, लमजुङ, २६ मंसिर (रासस) : लमजुङमा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो बनेको छ । आज साँझ सम्पन्न मत परिणामअनुसार नेपाली काँग्रेसलाई छ हजार १८० भन्दा बढी मतले पछि पार्दै एमाले पहिलो पार्टी बनेको छ ।

एमालेले प्रतिनिधिसभाका लागि ३३ हजार ३०९ मत ल्याएको छ भने नेपाली काँग्रेसले २७ हजार २९९ मत प्राप्त गरेको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले सात हजार ८०५ मत ल्याएर तेस्रो भएको छ । कूल ७७ हजार २१४ मत खसेकामा राप्रपाले एक हजार ४७७ मत पाएको छ भने चार हजार ५५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी प्रदेश सभा (क)तर्फ एमालेले १३ हजार २७२ मत ल्याएर पहिलो भएको छ भने नेपाली काँग्रेस १० हजार ४२ मत ल्याएर दोस्रो भएको छ । यसैगरी माओवादी केन्द्र पाँच हजार ५७८ मत ल्याएको छ । ३७ हजार ७४२ मत खसेको प्रदेशसभा (क)मा राप्रपाले दुई हजार ६६३ मत ल्याएको छ भने चार हजार ४०९ मत बदर भएको छ ।

यसैगरी प्रदेशसभा (ख)तर्फ एमालेले १७ हजार ६३४ मत ल्याएर पहिलो भएको छ भने नेपाली काँग्रेसले १३ हजार ६३८ मत ल्याएर दोस्रो भएको छ । माओवादी केन्द्रले तीन हजार २४२ मत प्राप्त गरेको छ । ३९ हजार ४७२ मत खसेको मध्ये राप्रपाले ७९३ मत मात्रै पाएको छ भने तीन हजार ८१ मत बदर भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा पाँच समूहमा लगातार दुई दिन लगाएर मतगणना गरिएको थियो । एक लाख १५ हजार ४४९ मतदाता रहेको जिल्लामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan