Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan

काठमाडौं । आठौँ कोरियन एम्बेस्डर ओपन तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि हुने भएको छ ।

नेपाल तेक्वान्दो संघ र नेपालका लागि दक्षिण कोरियाको दुतावासको संयुक्त आयोजनामा उक्त च्याम्पियनसिप आगामी बिहीबारदेखि सोमबार (२८ मंसिरदेखि २ पुष) सम्म सञ्चालन हुनेछ ।

उक्त च्याम्पियनसिपका खेल सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मित एकेडेमी हलमा सञ्चालन हुने प्रतियोगिता संयोजक नविनकुमार श्रेष्ठले जानकारी दिए । च्याम्पियनसिपमा फाइटतर्पm सिनियर पुरुष र महिलाका समान ८ तौलसमूह तथा  जुनियर महिला र पुरुषको समान ८ गरी कुल ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए ।

पुम्सेमा व्यक्तिगत क्याडेटतर्पm (१४ वर्षमुनि) पुरुष र महिलाका २ स्वर्ण, जुनियर पुम्से (१५–१७ वर्ष)मा महिला र पुरुष २ स्वर्ण र पेयर पुम्सेमा प्रतिस्पर्धा हुनेछ । महिला टिम र पुरुष टिम पुम्से, सिनियर (१८ देखि २९ वर्ष)को व्यक्तिगत महिला र पुरुष पुम्से, पेयर पुम्से तथा महिला टिम र पुरुष टिम पुम्से गरी ७ स्वर्णका लागि खेल हुनेछन् ।

३० वर्षदेखिमाथिको व्यक्तिगत पुम्सेतर्फ महिला र पुरुष,पेयर पुम्से, महिला टिम र पुरुष टिम पुम्सेमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । फाइटतर्पm १७ स्वर्ण र पुम्सेमा ३२ स्वर्ण गरी कुल ४९ स्वर्णका लागि १४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan