Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्जना र विकललाई कांस्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan

काठमाडौं । बेलारुसमा भएको सातौँ अन्तराष्ट्रिय मार्सल आर्ट गेम्समा आइटिएफ तेक्वान्दोकी अन्जना सिवाकोटी र विकल पौडेलले कांस्य पदक जितेका छन् ।

बेलारुसको मिनिस्क शहरमा भएको च्याम्पियनसिपमा अन्जनाले ५९ केजी तौलसमूहमा कांस्य पदक जितेकी हुन् ।

अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्स कमिटी (आइएमजिसी) को आयोजनामा भएको गेम्समा अन्जना क्वार्टरफाइनलमा काजकिस्तानकी खेलाडीलाई हराउँदै अन्तिम ४ मा पुगेकी थिइन् । तर, अन्तिम ४ मा स्टोनियाकी खेलाडीसँग स्तब्ध भएपछि अन्जना कांस्य पदकमै सीमित भएकी हुन् ।  विकलले भने पुरुष ५७ केजी तौलमा कांस्य पदक जितेका थिए ।

नेपालका लागि ६७ केजी तौलसमूहमा मनोज खड्का र प्याटर्नमा प्रतिस्पर्धा गरेका शिव पाण्डे भने पदक विहीन रहे । 

गेम्समा नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमला हेड अप टिम, संघका उपाध्यक्ष कल्पदीप राई कंगे्रस प्रतिनिधि र टिम प्रशिक्षकमा प्रकाशकुमार कुसारी रहेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan