Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार
newsabhiyan

काठमाडौँ, २६ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १४ लाख ७९ हजार ६५७ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) छ लाख २३ हजार ९७३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले एक लाख ५६ हजार ९८२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ९९ हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९७ हजार ५२८, विवेकशील साझाले ९५ हजार ४०८, नयाँ शक्ति पार्टी नेपालले ४८ हजार ३०१, राप्रपा (प्रजातान्त्रिक) ले ३२ हजार ७०० र राष्ट्रिय जनमोर्चाले ३१ हजार ५८२ मत ल्याएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan