Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेली चलचित्र ‘पंगा’ पुस २१ गतेदेखि सञ्चालनमा आउने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार |
newsabhiyan

पोखरा, २७ मंसिर । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ ।

पोखरेली कलाकारले अभिनय गर्ने उक्त टेली चलचित्रले वर्तमान समाजका भोगाइ र युवायुवतीले भोगेका समस्यालाई चित्रण गर्न खोजेको चलचित्रका निर्देशक राम बास्तोलाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखराको गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनमार्फत एक वर्ष प्रस्तुत गरिने उक्त चलचित्र प्रत्येक हप्ताको शुक्रबार ७ः३० बजेपछि प्रसारण गरिनेछ । युवापुस्तालाई लक्षित गरिएको चलचित्र समाजमा लोकप्रिय बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले युवा कलाकारको सक्रियतामा प्रदर्शनको तयारी गरिएको टेली चलचित्र ‘पंगा’ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan