Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौंमा समानुपातिकतर्फ काँग्रेस अगाडि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार
newsabhiyan

काठमाडौं , २७ मंसिर । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म काठमाडाँै जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले पाँच हजार १६५ मत पाएका छन् ।

सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, मुख्य निर्वाचन अधिकृत पोखरेलले भन्नुभयो –“भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।” (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan