Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिपर र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार |
newsabhiyan

धुलिखेल, मंसिर २७ (रासस) : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल नजिकै आज टिपर र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पनौतीबाट बनेपातर्फ आइरहेको बा ४ ख ८३१० नं को टिपर र सोही दिशाबाट आइरहेको बा ७७ प ३७० नं को स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार भक्तपुर सानोठिमी नगरपालिका–४ का २४ वर्षीय आकाश श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।

दुर्घटनामा परी स्कुटरमा सवार अर्का व्यक्ति घाइते भएका छन् । टिपर र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan