Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आगलागीबाट १७ लाखको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार
newsabhiyan

कलैया, २७ मंसिर (रासस) ः कलैया उपमहानगरपालिका–२० वस्तपुरमा आज दिउँसो आगलागी हुँदा करिब रु १७ लाख बराबरको धनमाल नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दाइँ भइरहेको खलोमा बालिएको घुरबाट आगो फैलेर सोही ठाउँ बस्ने मनोज साहको घर जल्दा करिब १० लाखको क्षति भएको प्रहरी प्रवतmा भुनेश्वर साहले जानकारी दिनुभयो । साहको घरसँगै टाँसिएका जोखन ठाकुर लोहारको घर जल्दा रु पाँच लाख, धनधारी मण्डलको घर जल्दा रु एक लाख र रामसोनार मण्डलको घर जलेर रु एक लाखको धानसहित १७ लाखको क्षति भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

कलैया उपमहानगरपालिका, वीरगंज उपमहानगरपालिकाबाट आएको वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan