Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार |
newsabhiyan

सल्यान, २७ मंसिर (रासस) ः मोटरसाइकल दुर्घटनामा आज यहाँ एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलंगाबाट श्रीनगरतर्फ गइरहेको भे ४ प १३०६ नं को मोटरसाइकल शारदा नगरपालिका–२ मैसेपानीमा आज साँझ दुर्घटना हुँदा शानपा–७ कजेरीका ३५ वर्षीय दयाराम रेउलेको मृत्यु भएको हो ।

खलंगाबाट श्रीनगरतर्फ गइरहेको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको ट्याक्टरलाई उछिन्ने क्रममा सडकमा हिडिँरहेकी महिलालाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँका रामबहादुर रेउले गम्भीर घाइते भएको र उहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल २० मिटर तल खोलामा खसेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan