Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जाँदाजाँदै देउवाले यी महिलालाई दिए ‘ठूलो उपहार’

बोर्ड अध्यक्षमा निकिता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार संकटमा परेको छ । अबको केही दिनभित्र नयाँ सरकारको निर्माण प्रक्रिया सुरु हुनेछ । र, देउवाले कुर्सी त्याग्नेछन् ।

यसरी कुर्सी छाड्ने बेलामा आइपुग्दा देउवाले एक महिलालाई राज्यका तर्फबाट उपहार दिएका छन् । देउवाको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेर उपहार दिएको हो । देउवाको यो निर्णयसँगै चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको छ । बैठकले एनएफडिसीकी प्रमुख निकितालाई १४ औं बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आवेदनमार्फत बोर्ड अध्यक्ष हुन निकितासहित १२ जना फिल्मकर्मीले आफ्नो  भावी योजनाका साथ दावेदारी पेस गरे पनि बाँकी ११ आवेदकलाई निकिताले पछि पार्दै बोर्ड अध्यक्ष पद हासिल गर्न सफल भइन् । निकिता लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिइन् । गोपीकृष्ण हलकी सञ्चालिकासमेत रहेकी निकिताले निर्माण गरेको चलचित्र ‘पर्व’ जेठ महिनामा रिलिज भएको थियो ।

बोर्ड अध्यक्षका लागि निकितासँगै आलोककुमार तिवारी, उज्वलप्रसाद घिमिरे, गोपाल रिजाल (आयुष), चोपेन्द्र सागर पराजुली (सागर उद्गम), टीकाराम घिमिरे (योगेश), नरेश कुमार केसी, विशाल श्रेष्ठ, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुदिपकुमार रेग्मी र सुष्मा थापा (कार्की) ले पनि आवेदन दिएका थिए । जेठ महिनाबाट राजकुमार राईको २ वर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।

चलचित्र विकास बोर्डमा अहिलेसम्म निकितालाई जोड्ने हो भने १४ अध्यक्ष बनिसकेका छन् । २०५७ सालमा यादव खरेल पहिलो अध्यक्ष बनेका थिए भने त्यसपश्चात, नीर शाह, मुकुन्दप्रसाद अचार्य, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, शैलेश आचार्य, ईश्वरचन्द्र ज्ञावली, गणेश भण्डारी, अमरराज गिरी र फेरि २०६८ साल जेठ १२ गते गणेश भण्डारी त्यसपश्चात धर्मेन्द्र मोरवैता, राजकुमार राई र केही समयका लागि सञ्चार मन्त्रालयका सचिव रामचन्द्र ढकाललाई २०७४ साल भदौ ५ गतेदेखि बोर्डको अध्यक्ष बनाइएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan