Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘कृ’ र ‘कान्छी’ एकसाथ नभिड्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । केही समयअघि अनमोल केसी र स्वेता खड्काको चलचित्र एकसाथ भिड्ने खबरले चलचित्रक्षेत्रमा बहस चलिरहेको थियो । दुई ठूला चलचित्रलाई एकैसाथ जुधाउनु हुँदैन भन्नेको कतिको तर्क थियो त कतिले चलचित्र जुधाए पनि असर नपर्ने बताउँदै आएका थिए ।

यसैबीच चलचित्र ‘कृ’ र ‘कान्छी’को एकैसाथ नहुने भएका छन् । माघ २६ गतेलाई अनमोल केसी स्टार र चलचित्र ‘कृ’लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत चलचित्र ‘कान्छी’ फागुन ४ गतेबाट रिलिज हुने भएको छ 

अब माघ २६ गते ‘कृ’ एकल रिलिज हुनेछ । ‘कान्छी’ले घोषणा गरेको फागुन ४ मा भने छविराज ओझाको ‘मंगलम्’ पनि प्रदर्शनमा आउँदैछ । यस विषयमा निर्मात्री तथा नायिका श्वेता खड्काले चलचित्र जुधाउन मन नलागेपछि रिलिज मिति सारिएको बताइन् । यसअघि उनले ‘कृ’ टिमसँग छलफल गर्न खोजेको तर कुनै निर्णय नभएपछि आफैं सरेको बताइन् । 

‘कान्छी’ लाई ‘कोहिनुर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानीलगायतका ठाउँमा खिचिएको यो चलचित्रलाई श्वेता आफैले निर्माण गरेकी हुन् ।

‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan