Saturday 20th of January | २०७४ माघ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तेह्र प्रतिशत घरधुरी आधारभूत खानेपानीको पहुँच बाहिर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार
newsabhiyan

बैतडी, २८ मंसिर । अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ ।

अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७.६९ प्र्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयोजना जीर्ण भएकाले खानेपानीको समस्या बल्झिँदै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो ।

“जिल्लामा सन् २०१४ मा भएको सर्वेक्षणअनुसार ४० प्रतिशत योजना मर्मत गर्नुपर्ने देखिएको छ ।” उहाँले भन्नुभयो, “खानेपानी आयोजना निर्माणपछि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएकामा सो समितिले ती आयोजनाको मर्मत सम्भार नगरेकाले जीर्ण बनेका हुन् ।”

जिल्लामा साना ठूला गरेर अहिलेसम्म एक हजार १८५ खानेपानीका आयोजना सञ्चालित भएकामा कतिपय आयोजना मर्मतका लागि थोरै रकम आउने र आयोजना धेरै भएकाले खानेपानी कार्यालयबाट मर्मतको सम्भावना कम भएकाले वर्षौं पुराना आयोजना बन्दसमेत भइसकेको योजना डिभिजन प्रमुख कुँवरले बताउनुभयो ।

“खानेपानी आयोजनालाई चुस्तदुरुस्त र दिगो बनाउने काम उपभोक्ता समितिको भए पनि ती समितिले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन् ” उहाँले भन्नुभयो, “चालू आवमा ७२ वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन् ।”  (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan