Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनले विकास र सृमद्धिको आकांक्षा जगायो : अध्यक्ष ओली

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan
newsabhiyan

भक्तपुर, २८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनहरुले जनतामा नयाँ नयाँ आकांक्षा जन्माउने बताउनु भएको छ । यसपालीको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकोले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको ज्ञापन पत्र आफ्नै निवास बालकोटमा आज बिहीबार बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तन पछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताउनुभयो ।

‘नीजिकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु काँग्रेसको पालामा बेचिए ’ ओलीले भन्नुभयो ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’ ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताउनुभएको छ ।

सम्पती शुद्धिकरणका नाममा व्यावसायीहरुलाई आफ्नो पुंजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा ओलीले बताउनुभयो । ‘आफ्नै खाताबाट १० लाख रुपैंया भन्दा बढी रकम झिक्न बन्धेज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’ ओलीको प्रश्न थियो ‘सरकारको काम  लगानी मैत्री वातावरण बनाएर व्यावसायीसंग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आजर्न गर्ने होइन । ’

अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागी उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान,पद्म ज्योती,प्रदिप कुमार श्रेष्ठ,रविभक्त श्रेष्ठ,विनोदबहादुर श्रेष्ठ,कुशकुमार जोशी,सुरज बैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा देशको संक्रमणकाल अन्त्यका लागी प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंशा गरिएको छ । ज्ञापन पत्रमा वाम गठबन्धनको दुई तिहाइ आसपासको बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महसुष भएको उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘तपाईंको नेतृत्वमा गठन हुने आगामी सरकारले समृद्धि र आर्थिक विकासको लागी निजी क्षेत्रको सहभागीतामुलक सहयोग र साथ रहने विश्वास दिलाउन चाहन्छौं ।’
ओलीले आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसंग हातमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसैगरी बालकोट मै अध्यक्ष ओलीलाई बधाइ दिन आएको नेपाल राष्ट्रिय माडवारी परिषद केन्द्रीय समितीसंग कुरा गर्दै ओलीले माडवारी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । तर यो समुदायलाई केही राजनीतिक दलले दुहुनो गाई बनाएको दृष्टान्त दिदैं  वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न ओलीले परिषदलाई आग्रह गर्नुभएको छ ।

सरकारसंग उद्योग,मजदुर,देशको आवश्यकता,उत्पादन आदि कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकोले व्यावसायीक क्षेत्र अनुमानका भर सञ्चालन भइरहेको ओलीले स्पष्ट पाुर्नभयो ।‘नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधी खुवाइदैछ’ ओलीले भन्नुभयो ‘अब यस्तो हुदैन । उद्योग, मजदुर, उत्पादन, बजार आदि सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसै अनुसार समाधान पनि खोजिनेछ । ’

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan